अन्ततः यति सस्तो टिकटमा राजधानीमा गुड्ने भयो बिजुली बस !
काठमाडौ – प्रधानमन्त्री केपी शर्मा ओलीले भन्दैँ आएको बिजुली बस यही महिना अर्थात बैशाख भित्रै सञ्चालनमा आएको छ । काठमाडौ उपत्यकाको चक्रपथमा गुडाउने तयारी गरिएको बिजुली बस सुन्दर यातायात प्रा.ली.ले सञ्चालनमा ल्याउन लागेको हो ।
सुन्दर यातायात प्रालीका अध्यक्ष भेष बहादुर थापाका अनुसार नीतिगत अस्पष्टताको कारण ३ महिना देखि थन्किएको २ वटा बिजुली बस संचालन अन्तिम चरणमा पु्गेको छ । ‘उर्जा मन्त्री वर्षमान पुनले १ हप्ता भित्र महशुल निर्धारण गर्ने बताएका छन् ।
यातायात व्यवस्था विभाग पनि सकारात्मक रहेकाले यही महिना भित्र गाडी संचालनमा आउने थापाको दाबी छ । हाल २ वटा मात्र गाडी रहेपनि गाडी संचालन गर्ने इजाजत पाएपछि थप ११ वटा गाडी ल्याउने तयारी भईरहेको थापाले बताएका छन् ।
सुरुवाती चरणमा चक्रपथमा मात्रै संचालन गरिने र पछी अन्य शाखा बाटोमा पनि संचालन गरिने बताईएको छ । गाडी कतैपनि रोकिएर यात्रु नपर्खने र अशक्तलाई निशुल्क यात्रा गराउने थापाको भनाई छ । कम्पनीले अढाई करोड खर्चेर ७ वटा चार्जिङ स्टेसन भित्राएको छ ।
प्रालीले रिङरोड भित्र उपत्यकाभित्र जति दुरीको यात्रा गरेपनि २० रुपैयाँ मात्र भाडा लाग्ने र विद्यार्थीलाई ५ रुपैया छुट दिने योजना बनाएको छ। भाडाको लागि कम्पनीले नगद, सुन्दर यातायात पब्लिक रिचार्ज कार्ड, एटिएम र प्रभु पे बाट तिर्न सकिने बताएको छ ।