पार्टीको नाक जोगाउन देउवाले चाले यस्तो कठोर कदम

मंगलबार, २५ भाद्र २०८१

काठमाडौं – एमाले-कांग्रेस गठबन्धन सरकार र पार्टीकै नाक काटीने भएपछि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कठोर कदम चालेका छन् ।

हत्या आरोपी बादशाह कुर्मीलाई लुम्बिनी सरकारको वन तथा वातावरणमन्त्री बनाएपछि जन दवाबका कारण पार्टीको नाक काटिने भएपछि मन्त्री कुर्मी बिरुद्ध कठोर कदम चालेका हुन्।

उनलाई मन्त्री बनाउने हल्लाका बीचनै गठबन्धन र कांग्रेसपार्टीमाथि गम्भीर प्रश्न उठेको थियो यावत बिरोधकाबिच उनलाई मन्त्री नियुक्ति दिएपछि पदमुक्त गर्न मागगर्दै आन्दोलन चर्कियो, उनलाई पदमुक्त नगरी आन्दोलन साम्य नहुने र पार्टीकोसमेत बदनाम हुने देखेपछि देउवाले उनीविरुद्ध कठोर कदम चाल्न बाध्य भएका हुन्

त्यतिमात्र  नभएर प्रधानमन्त्री केपी शर्मा ओलीले पनि देशव्यापी रुपमा नराम्रो सन्देश प्रवाह भएको भन्दै कुर्मीलाई राजीनामा दिन भनेको उच्च स्रोतको दाबी छ । कुर्मीले भने भोलि नै मुख्यमन्त्रीसमक्ष राजीनामा बुझाउने तयारी गरेको स्रोतको दाबी छ ।