देउवाको ठाडो निर्देशनपछि वनमन्त्रीले दिए राजीनामा

मंगलबार, २५ भाद्र २०८१

काठमाडौँ –  लुम्बिनी प्रदेशका वन तथा वातावरणमन्त्री बादशाह कुर्मीले राजीनामा दिएका छन् । मन्त्री कुर्मीले मंगलबार पदबाट राजीनामा दिएका हुन् ।

बाँकेकी निर्मलादेवी कुर्मीको अपहरण र बेपत्ता पारेको आरोप लागेका बादशाह कुर्मी लुम्बिनीको मन्त्री बनेका थिए । उनी नेपाली कांग्रेसको कोटाबाट वनमन्त्री बनेका हुन् ।

विवादमा आएका व्यक्तिलाई मन्त्री बनाएको भन्दै चौतर्फी विरोध भएको थियो । विवाद बढ्दै गएपछि उनले राजीनामा दिएको बताइएको छ ।

चौतर्फी जनविरोध र एमाले अध्यक्ष ओलीले सरकारको बदनाम भएको बन्दै मन्त्रालयबाट राजिनामा दिन देउवालाई दबाब परेपछि पदबाट हट्न ठाडो निर्देशन दिएका थिए।  निर्देशन दिएको केही घन्टामै कुर्मीले राजिनामा दिएका हुन्।