सरकार झोलुङ्गे पुल लिएर खोला–खोलामा पुगेको छ : राष्ट्रपति भण्डारी

शुक्रबार, २० बैशाख २०७६

बैशाख २०, काठमाडौं– राष्ट्रपति विद्यादेवी भण्डारीले तुइन विस्थापित गरी झोलुङ्गे पुन निर्माण गर्ने सरकारको अभियान सफल भएको बताएकी छन् ।

शुक्रबार संघीय संसदको संयुक्त वैठकलाई सम्बोधन गर्दै राष्ट्रपति भण्डारीले सरकार झोलुङ्गे पुल लिएर देशभरका खोला–खोलामा पुगेको बताइन् ।

‘विकास सम्भव छ र हाम्रै पालमा सम्भव छ भन्ने विश्वास मजबुद भएको छ,’ राष्ट्रपति भण्डारीले भनिन्, ‘कोशी स्टिमर चल्न थालेको छ । नेपालको झन्डासहितको पानी जहाज चल्ने संभावना बढेको छ ।’

राष्ट्रपति भण्डारीले पहाडमा सुरुङ बनाउने, सिचाइँका लागि सुरुङको माध्यमबाट पानी ल्याउने र आफ्नै स्याटेलाइटबाट सूचनामा प्रविधिमा लाग्ने सोच पनि यथार्थ बन्दै गएको राष्ट्रपति भण्डारीको भनाइ छ ।