दुर्गा प्रसाईंविरुद्ध पक्राउ पुर्जी जारी, यस्तो छ अभियोग

बुधबार, २ असोज २०८१

काठमाडौं – मेडिकल व्यवसायी दुर्गा प्रसाईंविरुद्ध अदालतबाट पक्राउ पूर्जी जारी भएको छ। जिल्ला अदालत काठमाडौंले बुधबार उनलाई पक्राउ गर्न प्रहरीलाई अनुमति दिएको हो।

उनलाई पक्राउ गर्न प्रहरीको साइबर ब्यूरोले अनुमति माग गरेको थियो । ब्यूरोको माग अनुसार अदालतले प्रसाईंसहित जीवन पाण्डे र प्रकाशचन्द्र दाहालविरुद्ध पनि पक्राउ पूर्जी जारी गरेको हो ।

उनीहरूलाई विद्युतीय कारोबार ऐन अनुसार कारबाही गर्न प्रहरीले पक्राउ गर्न अनुमति माग गरेको हो। प्रसाईं प्रधानमन्त्री केपी शर्मा ओली विरुद्ध मनलाग्दै बोल्दै आएका थिए ।

उनलाई ओलीकै निर्देशनमा साइवर व्युरोले अदालत गएर प्रक्राउ पुर्जी लिएर आएको हो ।