भेडाबाख्रा बेचेर जम्मा गरेको लाखौँ रुपैया डडेर छिनभरमै नस्ट

शुक्रबार, ४ असोज २०८१

काठमाडौँ- रोल्पाका एक किसानले घरमा राखेको चार लाख रुपैयाँ नगद जलेर खरानी भएको छ। थबाङ गाउँपालिका– ४ चौत्रावाङका पूर्णबहादुर रोका मगरको घरमा आगलागी हुँदा चार लाख रुपैयाँ नगद जलेको जिल्ला प्रहरी कार्यालय रोल्पाका डीएसपी भरत लामाले जानकारी दिएका हुन् ।

‘यो गएको बुधबार दिउँसोको घटना हो, आगलागीमा परेर हजार दरका नोटहरू आधा भाग जलेको अवस्थामा फेला परेको छ। त्यसरी जम्मा चार लाख रुपैयाँ जलेको छ।’ अँगेनामाथि चाउरा राखेर मगर परिवार अन्यत्र गएको बेलामा आगलागी भएको उनले बताए। अनुसन्धानका क्रममा उक्त रकम मगर परिवारले भेडाबाख्रा बेचेर जम्मा गरेको पाइएको  छ।

आगलागीबाट गोठमा रहेको भेडाको ऊन, कपडा, सोलार प्यानल २ थान, खाद्यान्न लागायतका सामान जल्दा झण्डै ६ लाख २० हजार बराबरको क्षति भएको छ।