दुर्गा प्रसाईंलाई थुनामा राख्न अदालतको अनुमति

आइतबार, ६ असोज २०८१

काठमाडौं – मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई तीन दिन थुनामा राख्न अदालतले अनुमति दिएको छ । साइबर अपराध गरेको आरोपमा मेडिकल व्यवसायी प्रसाईंलाई भक्तपुरको मध्यपुर थिमिस्थित निवासबाट आइतबार प्रहरीले नियन्त्रणमा लिएको थियो ।

त्यसपछि अनुसन्धान गर्न म्याद थपका लागि जिल्ला अदलात काठमाडौं अदालत ल्याइएको थियो । जिल्ला अदालतले तीन दिन थुनामा राख्न अनुमति दिएको हो ।

एक महिलाको चरित्र हत्या हुनेगरी प्रसाईँले अभिव्यक्ति दिएका थिए । त्यही अभिव्यक्तीपछि ती महिलाले नेपाल प्रहरीको साइवर व्यरोमा उजुरी दिएकी थिइन् । त्यही उजुरीलाई अधारमा मानेर प्रहरीले प्रसाईँलाई पक्राउ गरेको हो ।

प्रसाईँ राजतन्त्रको पक्षमा अभियान चलाई रहेका छन् ।