अब म फर्कनुपर्छ आमा !
आजभन्दा भोली भन्दाभन्दै
बर्षौ बिते दिन गन्दागन्दै
उजाड ति बॉझिएका बस्तीमा
खनजोत गर्दै गोडमेल,मलजल गर्न
म फर्कनुपर्छ आमा !!
एक सरो फेरिदिन
भत्केको ऑगनी टाल्न
चुहिएको छानो फाल्न
सॉझ बिहान संगै चुल्हो बाल्न
हात समाई बाहिर भित्र गराउन
बुढेसकालको सहारा बन्न
मिठो मसिनो संगै खान
म फर्कनुपर्छ आमा !!!
परकि कॉइली आमा
माझॉघरे कान्छा बा
परलोक हुदॉ
संसार छाडेर जॉदा
परिवार शोकमा डुब्दा
एउटा दाउरासम्म न फाल्न सके
न त सहानुभूति नै दिन सके
साथीभॉई छरछिमेकी संग
नातेदार ईष्टमित्रसंग
सुख दुखसंगै साट्न
पञ्चेबाजाको धुनमा छमछमी नॉच्न
म फर्कनुपर्छ आमा !!!
बिकासको बजेट मिलीजुली
खाएका छन
गरिवले झनै दुख पाएका छन
हेपिएका,थिचिएका,दबिएकाहरुको
आवाज बन्न
शोषक सामन्त दलालहरुलाई
२/४ भाटा हान्न
अब म फर्कनैपर्छ आमा !!!
थामडॉडा तिल्केथान त्यो इन्छिन डॉडाको
चिसो सिरेटो खादै
भंगेरीको चिरचिर आवाज सुन्दै
उजेलीसंग माया प्रिति बुन्न
अब ढिलो गर्नुहुन्न आमा
पैसा पैसा भन्दै कति दौडनु
आधा बैश गैइसक्यो
अब त हारिसके,थाकिसके,गलिसके
त्यसैले
आफ्नै ऑगनी फर्कन
कुम्ला झिटीझाम्टा मिलाउनुपर्छ
अब म फर्कनुपर्छ आमा~~~~