काठमाडौं छिर्ने नाकामा लेदोसहितको पहिरो, सडक अबरुद्ध
धादिङ — काठमाडौं छिर्ने नाका धादिङको धुनिबेँसीको सिस्नेखोलामा पहिरोसँगै आएको लेदोका कारण नौबिसे नागढुंगा सडक खण्ड अवरुद्ध भएको छ। लगातारको वर्षासँगै सडक छेउमा आएको पहिरोको लेदोको कारण सडक अवरुद्ध भएपछि संघीय राजधानी काठमाडौं भित्रिने र राजधानीबाट बाहिरिने सवारीसाधन रोकिएका छन् ।
सुरुङमार्गको प्रवेशद्धार अगाडिपट्टि आएको पहिरो बाट झरेको लेदो सडकमा आउँदा अवरुद्ध भएको हो । पहिरो ठूलो भएको र लगातार लेदो सडकमा आएको कारण पन्छाउन समय लाग्ने प्रहरीले बताएको छ ।
काठमाडौं प्रवेशद्धार छेवैमा सडक अवरुद्ध हुँदा संघीय राजधानी प्रदेश गर्ने र बाहिरने यात्रु अलपत्र परेका छन् । पहिरो पन्छाउन समय लाग्ने भएकोले काठमाडौं प्रवेश गर्ने साना सवारी धार्के९सितापाइला सडकको प्रयोग गर्न सक्ने छन् ।