बाढी पहिरोका कारण देशका बिभिन्न ठाउँका ४४ राजमार्ग अवरुद्ध, यस्तो छ अबस्था ?
काठमाडौँ – अविरल वर्षाका कारण देशभरको जनजीवन प्रभावित भएको छ । बिहीबार रातिदेखि परिरहेको वर्षाका कारण विभिन्न ठाउँमा जनधनको ठूलो क्षति भएको छ । पहिरो खसेपछि देशका अधिकांश सडकहरू अवरुद्ध भएका छन् ।
देशभर एकैसाथ विपद्को अवस्था सिर्जना भएपछि राहत तथा उद्धारमा कठिनाइ भइरहेको छ ।
राजमार्गहरूमा अवरोध आउँदा लामो तथा छोटो दूरीका सवारीसाधन बीचबाटोमै रोकिएका छन् । यात्रुहरू अपलपत्र परेका छन् । अवरुद्ध सडक खुलाउने प्रयास भइरहेको प्रहरीले जनाएको छ ।
कहाँ–कहाँ छ सडकमा अवराेध सूची हेर्नुहोस् :
