जब पहिरोले यात्रुवाहक बस बगायो…
काठमाडौँ – अविरल वर्षाले पृथ्वी राजमार्ग अन्तर्गत धादिङको धुनीबेशी नगरपालिका र काठमाडौँको चन्द्रागिरि नगरपालिकाको सीमा रहेको झ्याप्ले खोलामा पहिरोले यात्रुवाहक बस पुरेको छ ।
सो क्षेत्रमा फसेका यात्रुहरूलाई चन्द्रागिरि नगरपालिकाले बसको व्यवस्था गरी सुरुङ मार्गबाट उद्धार गरिएको छ । आज बिहान करिब २स्३० बजे तिर आएको पहिरोका सडक पूर्ण रूपमा अवरोध भएको छ ।
यता, बागमती प्रदेशका १० जिल्ला (उपत्यकाको काठमाडौं, ललितपुर र भक्तपुरबाहेक) मा ११ र १२ असोजको दुई दिनमा विपदका घटनाबाट २१ जनाको मृत्यु भएको छ । विपद्का घटनाबाट २५ जना बेपत्ता र ३१ जना घाइते भएका छन् ।
बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाका अनुसार दुई दिनमा बाढी, पहिरोलगायतका विपदका घटनाबाट सबैभन्दा बढी मृत्यु हुनेमा काभ्रेका १० जना रहेका छन् ।बाढीपहिरोबाट काभ्रेमै ११ जना बेपत्ता र ११ जना घाइते भएका छन् ।