ललिता निवासको सरकारी जग्गा व्यक्तिलाई बाँड्ने मुख्य दोषी दीप बस्न्यात भएको ठहर
काठमाडौं – चर्चित ललिता निवासको सरकारी जग्गा व्यक्तिको नाममा बाँड्ने काममा विशेष अदालतले सचिव दीप बस्न्यातलाई मुख्य दोषी रहेको ठहर गरेको छ ।
विशेष अदालतमा सचिव दीप बस्न्यातले तत्कालीन प्रधानमन्त्री माधव कुमार नेपालको निर्देशन अनि मुख्यसचिव माधवप्रसाद घिमिरेको नेतृत्वमा सचिव बैठकको निर्णय बमोजिम आफूले प्रधानमन्त्री निवास विस्तार र त्यसक्रममा मोहीको विवरण सहित प्रस्ताव तयार गरेको भनी बयान गरेका थिए ।
उक्त मुद्धामा ‘विशिष्ट व्यक्तिहरुको निवास परिसर विस्तार’ सम्बन्धी गुरुयोजना कार्यान्वयन गर्न प्रधानमन्त्रीले निर्देशन दिएकोमा कानुन विपरीत हुने गरी सचिव बस्न्यातले सरकारी जग्गामा मोही कायम गरी जग्गा बाँडफाँटको प्रस्ताव लगेको’ विशेषको ठहर छ ।
यस मुद्धामा विशेष अदालतले तत्कालिन उपप्रधानमन्त्री विजयकुमार गच्छदारलाई सफाइ दिएको छ ।