५ अर्ब झ्वाम् पार्न खोजेको आरोप लागेपछि ओलीले आँफै गरे आफ्नो बचाउ

बुधबार, १६ असोज २०८१

काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल धितोपत्र बोर्ड (सेबोन) को अध्यक्ष नियुक्तिमा आफूले ५ अर्ब खान लागेको भन्ने आरोप अस्विकार गरेका छन्।

बाढीपहिरो र त्यसपछिको अवस्थाबारे जानकारी दिन आज आयोजित पत्रकार सम्मेलनमा उनले सेबोनको अध्यक्ष नियुक्तिमा आफूले ५ अर्ब खान खोजेको भनेर गरिएको प्रचार गलत भएको भन्दै आरोप अस्विकार गरेका हुन् ।

तत्कालीन प्रधानमन्त्री र अर्थमन्त्रीले आफूमाथि आरोप लगाएर भ्रामक प्रचार गराएको ओलीको दाबी छ ।

त्यतिबेला एमाले सरकारमै भएपनि निर्णय गर्ने ठाउँमा नभएको भन्दै उनले ले धितोपत्र बोर्डको अध्यक्ष नियुक्तिमा ५ अर्ब लिनेकुरा आफूले नगरेको बताए ।