पूर्वसांसद गायत्री साह पक्राउ
काठमाडौं । आफ्नो बच्चालाई स्वीकार गर्न नमानेको त्यसमाथि अस्पतालमा होहल्ला गरेको भन्दै मेडिसिटी अस्पतालले उजुरी गरेपछि पूर्वसांसद गायत्री साहलाई प्रहरीले पक्राउ गरेको छ।
आइतबार दिउँसो ४ बजे साह र उनका पति सन्तोषलाई पक्राउ गरेको ललितपुर प्रहरी परिसरका एसएसपी रवीन्द्र सिंह धानुकले बताए।
ुगायत्री साहले अस्पतालमा होहल्ला गरेपछि उहाँलाई नियन्त्रणमा लिइएको छ, उनले भने ‘बच्चा लिन अस्वीकार गरको भन्दै मेडिसिटिले उजुरी पनि दिएको थियो। हामीले त्यसपछि अदालतबाट पक्राउ पूर्जी लिएर उहाँलाई पक्राउ गरेका हौं।’
पूर्वसांसद साहले ‘डाउन सिन्ड्रोम’ जन्मिएको थाहा लागेपछि बच्चा अस्पतालको लापरबाही देखाउँदै बच्चाको जिम्मा अस्पतालले लिनुपर्ने भन्दै आएकी छन्। उनको छोरा अहिलेपनि मेडिसिटी अस्पतालको एनआइसियुमै छन्।
साहले फागुन २८ गते मेडिसिटी अस्पतालमा छोरा जन्माएकी थिइन्। दुबै खुट्टा केही बांगो रहेको देखिएपछि एनआइसियुमा लामो समय बच्चालाई उपचारमा राखिरहेकै अवस्थामा साहले बच्चा छोडेकी हुन्।