सम्पादकीय : सिल्भरका सन्तोषलाई पक्राउ गरी अनुसन्धानको दायरामा ल्याउ
काठमाडौं – शैक्षिक परामर्श व्यवसायीबाट विद्यार्थी ठगिने विषय नयाँ होइन । जसरी पनि विदेश पुग्नुपर्ने नेपाली विद्यार्थीको चाहनाको नाजायज फाइदा उठाउँदा केही शैक्षिक परामर्श व्यवसायीहरुले विद्यार्थीलाई आर्थिक, मानसिक र सांस्कृतिक रुपमा ठग्ने गरेका छन् । यसरी विद्यार्थी ठग्ने मध्येको एक हो काठमाडौंको बागबजारमा रहेको सिल्भर एजुकेशन फाउण्डेशन । त्यसका संचालक हुन् सन्तोष खनाल । उनले विशेषगरी अध्ययनका लागि दक्षिण कोरिया जान चाहने विद्यार्थीलाई विभिन्न प्रलोभन, डर र धम्की दिएर आर्थिक, मानसिक र सांस्कृतिक रुपमा ठग्ने गरेका छन् ।
विश्वविद्यालयसँग सिधा सम्पर्क गरेर एजेन्सी सम्झौता गर्न नसकेपछि कोरियामा रहेका विचौलिया संस्थासँगको मिलेमत्तोमा सिल्भरका सन्तोषले ठगी धन्दा चलाइरहेका छन् । उनले कोरियाको विद्यार्थी व्यवस्थापन गर्ने भन्दै खुलेको कम्पनी कोसा, विश्वविद्यालयमा भर्नाका लागि सहजिकरण गरिदिने भन्दै खुलेको कोरियन इन्टरनेशनल एजुकेशन कन्सल्टिङ कम्पनी (केआईईसीसी), बंगलादेशमा केन्द्रीय कार्यालय रहेर कोरियाबाट संचालित शैक्षिक कन्सल्टेन्सी उई केयरसँग मिलेर विद्यार्थी ठगी रहेका छन् ।
सिल्भरले कन्सल्टेन्सीमा परामर्शका लागि आउने विद्यार्थीबाट सुरुमै डकुमेन्टेशन फि शीर्षकमा ३० हजार नेपाली रुपैयाँ उठाउने गरेको छ । भिसा लागेपछि यो कन्सल्टेन्सीले सर्भिस चार्जका नाममा विद्यार्थी हेरेर १ लाख ५० हजारदेखि २ लाखसम्म लिने गरेको छ । यी दुईटै शीर्षकमा लिएको रकमको बिल भर्पाईसमेत नदिएर राज्यलाई समेत ठगेको छ । सर्भिस चार्जका नाम लिएको रकम लुटै भएपनि सबै कन्सल्टेन्सीले लिने भएकाले धेरैले यसलाई अन्यथा मान्दैनन् तर सिल्भरले विचौलिया संस्थामार्फत कुनै विश्वविद्यालयमा जाने विद्यार्थीले माथिको रकम बाहेक १९ लाख कोरियन ओन वा नेपाली १ लाख ९० हजार रुपैयाँसम्म छुट्टै उठाउने गरेको छ ।
कोरियाका किम्पो विश्वविद्यालय, केएनयु लगायतका दर्जनौं विश्वविद्यालयमा अध्ययनका लागि जान्छु भन्ने विद्यार्थीले त्यहाँ भिसा एप्लाई गर्न पाउँदैनन् । विश्वविद्यालय, कोरियाका विचौलिया कम्पनी र सिल्भरको सिंडिकेटका कारण विद्यार्थीले चाहेको विश्वविद्यालयमा भर्ना हुन पाउँदैनन् । केही विश्वविद्यालयमा भर्नाका लागि जाँदा सिल्भरमार्फत जानुपर्ने विद्यार्थीको बाध्यता छ । यसले विश्वका जुनसुकै विश्वविद्यालयमा गएर अध्ययन गर्नु पाउने विद्यार्थी अधिकार खोसिएको छ ।
कोरियाका विश्वविद्यालयहरुलाई सरकारले समेत आर्थिक सहायता प्रदान गर्ने भएकाले विद्यार्थीबाट धेरै रकम लिन पाइदैन । त्यही भएर कोरियाका विश्वविद्यालयको ट्युसन फि ५० हजारदेखि बढीमा ३ लाख रुपैयाँसम्म हुन्छ । विश्वविद्यालयका कर्मचारी, कोरियाकै विचौलिया संस्था र सिल्भर मिलेर ५ लाखमा कोरिया पुग्नसक्ने विद्यार्थीबाट १० लाखसम्म तिराएर ठग्ने गरेका छन् । यो ठगी धन्दाको विषयमा राज्यका संयन्त्रले छानविनगरी कानुनी दायरामा ल्याउन जरुरी छ । निम्न पुँजी भएका विद्यार्थीको रोजाई पर्ने कोरियामा ऋणको जालोमा पारेर ठग्न खोज्ने यस्ता संस्था र संस्थाका मालिकलाई कानुनी दायरमा ल्याएर ठगी नियन्त्रण गर्नु राज्यको दायित्व हो ।
उनीहरुले विद्यार्थीबाट ठगेको पैसा गैरकानुनी रुपमा कोरिया पठाउने गरेका छन् । कानुन त विद्यार्थीले भिसा अप्लिकेशन फि, विश्वविद्यालयको ट्युसन फि, इस्योरेन्स र बसोबासका लागि डलर सटही गरी कोरिया पठाउ न पाउँछन् । तर सिल्भरका सन्तोषले विद्यार्थीलाई ट्युसन फि, अप्लिकेशन फि, इन्स्योरेन्स र बसोबासबापतको रकम आफ्नो व्यक्तिगत खातामा जम्मा गर्न लगाउने गरेको छन् । नेपालमा विद्यार्थीबाट क्यास लिने र कोरियामा तिर्न लगाउने गरी डलर अपचलन (हुण्डि) को धन्दासमेत उनको राम्रो चलेको छ । यसमा सचेत विद्यार्थीले विश्वविद्यालयको ट्युसन फि आफै पठाउनेसमेत गरेका छन् । बाँकी रकम नेपालमा सटही गरेर लगेजभित्र लुकाएर लाने गरेको कोरिया पुगेका विद्यार्थीले खुलेयाम भन्ने गरेका छन् ।
त्यस्तै, सिल्भरको कार्यालय बागबजारको पद्मकन्या क्याम्पसको अगाडि छ । हालसालै उनले बागबजारकै नेपाल इन्भेष्टमेन्ट मेगा बैंक भएको घरमा गैरकानुनी रुपमा कार्यालय संचालन गरेका छन् । बाहिर सिल्भर ट्राभल्स नाम दिएर बोर्ड राखिएको उक्त कार्यालयमा गैरकानुनी रुपमा कन्सल्टेन्सीकै काम भइरहेको छ । त्यहाँबाट विभिन्न शैक्षिक संस्थाका मार्कसिट, सर्टिफिकेट, वडा कार्यालयका डकुमेन्ट लगायत छापिने गरेका छन् । सर्टिफिकेटमा स्कोर नपुगेका विद्यार्थीको स्कोर बढाएर पठाउने कामसमेत त्यहीबाट हुने गरेको छ ।
सिल्भरको एकाउण्ट सिस्टमसमेत भद्रगोल छ । विद्यार्थीबाट लिएको डकुमेन्टेशन फि र सर्भिस चार्जको बिल जारी हुँदैन, कोरियाका विश्वविद्यालयबाट आएरको कमिसनसमेत कम्पनीको खातामा नआई सन्तोषको व्यक्तिगत खातामा आउने गरेको छ । विद्यार्थीले बैंकमार्फत रकम जम्मा गर्न खोज्दा सिल्भरले क्यास रकम नै लिएर आउने भन्ने गरेको छ भने विल माग्दा उल्टै विद्यार्थीलाई धम्क्याउने गरेको छ । विद्यार्थीलाई बिल नदिने, कम्पनीबाहिरबाट कारोबार गरेर राज्यलाई कर छलीसमेत गरिरहेको छ ।
सिल्भरबाट कोरिया एप्लाई गर्दा झण्डै २ लाखका दरले ठगिन्छन् विद्यार्थी
तसर्थ, विद्यार्थी ठगेको, वैदेशिक मुद्धा अपचलन गरेको, नक्कली डकुमेन्ट बनाएर कीर्ते गरेको र करछली गरिएको अभियोगमा तुरुन्त पक्राउ गरी राज्यले अनुसन्धान गर्नपर्छ । नेपालबाट विदेश जाने विद्यार्थी ठगीनबाट जोगाउन, यस्तो कार्य गर्नेलाई निरुत्साहित पार्न, करछली रोक्नु राज्यको दायित्व । यो दायित्व पुरा गर्न सन्तोष खनाललाई पक्राउ गरी अनुसन्धान गरोस । हुनत उनी यसअघि पनि कोरियन दूतावासको वेवसाइड ह्याक गरेको अभियोग पक्राउ परेर छुटेका व्यक्ति हुन् ।
यी हुन् केएनयु र किम्पो विश्वविद्यालय जाँदा सिल्भरबाट ठगिएका विद्यार्थी