प्रचण्डलाई एमालेका नेताले खुमलटार छोड भनेपछि….
काठमाडौं – नेकपा एमालेका युवा नेता विष्णु रिजालले ठेकेदारको घरमा बसेर माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले स्वच्छ मनले पार्टीका सुभेच्छुक रहेका मीनबहादुर गुरुङले नेकपा एमालेको पार्टी कार्यालय बनाउन दिएको जग्गाको विरोध गर्न नसुहाउने बताएका छन् ।
मंगलबार रिजालले सामाजिक सञ्जालमा लेख्दै गुरुङले दिएको जग्गाको विरोध गर्नुअघि वर्षोदेखि बस्दै आएको खुमलटारस्थित विवादास्पद ठेकेदार शारदाप्रसाद अधिकारीको घर छाड्न उनले सुझाव दिएका छन् ।
‘बर्षौंदेखि कालोसूचीका विवादास्पद व्यापारीको घरमा बस्ने, अनेक व्यापारीसँग कारोबारमा जोडिने र आफ्नो बैबाहिक बर्षगाँठसमेत व्यापारीकै घरमा मनाउने माओवादी अध्यक्ष पुष्पकमल दाहाल स्वयम्ले कत्ति पनि अप्ठेरो नमानी पहिलो नम्बरमै हस्ताक्षर गरेर एमालेले खुल्ला र पारदर्शी रुपमा आफ्ना शुभेच्छुक व्यवसायीबाट जग्गा प्राप्त गरेको कुरालाई गैरकानुनी र सुशासनको उपहास देख्नुभएछ’ रिजालले भनेका छन् । ‘हिम्मत भए त्यो ज्ञापनपत्र बुझाउन जानुभन्दा पहिला खुमलटारस्थित आफूले हकभोग गरिरहेको, शारदाप्रसाद अधिकारीको भनिएको घर छाडेको भए हुन्थ्यो नि ’ ।
नेता रिजालले दल फुटाउनेगरी सरकारले ल्याउन लागेको अध्यादेशको बचाउ गर्दै अध्यादेशको विरोध गर्ने नैतिक अधिकार प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई नभएको दाबीसमेत गरेका छन् ।