हिरासतमा रहेका रविमाथि कालो अरिङ्गाल झैँ खनिए प्रधानमन्त्री ओली
काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले प्रहरी हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्ध कालो अरिंगाल झैँ खनिएका छन् ।आइतबार राष्ट्रिय सुरक्षा तथा विकासमा भूपू सुरक्षाकर्मीहरुको भूमिका विषयक विचार गोष्ठीमा बोल्दै ओलीलीले खाने बेलामा आँखा नदेख्ने भन्दै कास्की हिरासतमा रहेका लामिछानेमाथि कालो अरिङ्गाल झैँ खनिएका हुन्।
अहिले अराजकता फैलाउने प्रयास बेस्सरी भएको छ । अदालतअगाडि गएर उफ्रिएको छ, दवाव दिएको छ, कराएको छ । हाम्रो मान्छे छोड्दे भन्ने एउटा कुरा हुन्छ, अरुलाई तथानाम गाली गरेको छ, असभ्यता देखाएको छ । साह्रै घिनलाग्दो स्तरमा झरेको छ । त्यस्तोमा फेरि माननीय सांसद भनिएकाहरु छन् । कोही चुनेका, कोही टिपेका, विभिन्न खालका । भेट्दा माननीय भन्नुपर्छ, बोलि सुन्दाखेरी अचम्म लाग्छ भन्दै ओली रविमाथि खनिए ।
हुन त दुई चार हजारको जुलुस निस्किएपछि भरे नै गयो सरकार भोलि नै गयो सरकार‘ । खाने बेलामा आँखा नदेख्ने‘ खुर्सानी चपायो भने पिरो हुँदैन रु खाने बेलामा आँखा नदेख्ने, अहिले अरुलाई गाली गर्ने, अन्याय भो भन्ने ? फेरि न्याय दिने काम त मेरो होइन । छानविन गर्ने काम पनि मेरो होइन । त्यसको लागि निकायहरु छन् । उनले भने, ।
मैले हिजो अदालतमाथि आक्रमण गर्दै बोलेको सुनेँ । अदालतलाई छानविन गर्न दिउँन । संसदीय छानविन समिति बनाउने कुरा आउँदा मैले यो आवश्यक छैन, अन्य छानविन गर्ने निकाय छन्, त्यहाँबाट गरौं भनेको हो । उनीहरु नै हो समिति बनाउँ भनेर उफ्रिने ।