काठमाडौँ महानगरपालिकाले तोक्यो स्वदेशी उत्पादनका फूल बिक्री गर्न यी ४६ स्थान

मंगलबार, १३ कार्तिक २०८१

काठमाडौँ – काठमाडौँ महानगरपालिकाले तिहारमा प्लास्टिकका फूल बिक्री वितरणमा रोक लगाएको छ।मेयर बालेन शाहले स्वदेशमा उत्पादन भएका फूलको बिक्री वितरणलाई व्यवस्थित गर्न प्लास्टिकका फूल बिक्री वितरणमा रोक लगाउँदै दिपावली, नेपाल संवत् तथा छठ पर्वका अवसरमा महानगरपालिका क्षेत्रभित्रका ४६ स्थानमा बिक्री वितरण प्रबन्ध गरेको जानकारी दिएका छन्।

उनले गतको वर्षको सिकाइ र अभ्यासबाट सिक्दै यसवर्ष फूल बिक्रेता किसानहरूलाई सहज बनाउने प्रयासका साथ मल, मार्ट, पार्क, पार्टी प्यालेस, सेन्टरहरूमा फूल बिक्री वितरणको व्यवस्था मिलाइएको बताएका हुन्।उनले स्वदेशी फूल व्यापारी किसानहरूले आफूलाई पायक पर्ने स्थान छनोट गरेर बिक्री गर्न सक्ने पनि प्रष्ट पारेका छन्।

जसका लागि सम्पर्क व्यक्तिको नम्बर वा महानगर प्रहरी बलको क्षेत्रबाट पनि सहजीकरण काम हुने उनले बताए।यसबारे थप जानकारी लिनका लागि काठमाडौं महानगरपालिकाको निःशुल्क नम्बर ११८० मा सम्पर्क गर्न वा नगर प्रहरीको हटलाइन नम्बर ०१५९०१७६३, ९८५१३५६५०९ मा पनि सम्पर्क गर्न सकिने उनले बताएका छन्। साथै मेयर शाहले व्यापारीहरूलाई प्लास्टिकजन्य फूल तथा अन्य सजावटका सामग्री बिक्री वितरण नगर्न नगराउनुहुन अनुरोध गर्दै यदि कसैले लुकिछिपी बिक्री गरेको पाइएमा प्रचलित कानुनबमोजिम कारबाही हुने चेतावनी पनि दिएका छन्।

यी हुन् ती ४६ स्थान, जहाँ स्वदेशी उत्पादनका फूल बिक्री वितरणको व्यवस्था मिलाइएको छः

) आरती पार्टी प्यालेस, माछा पोखरी

२) बुद्ध मल, माछा पोखरी

३) बालाजु भाटभटेनी, माछा पोखरी,

४) भ्याली कोल्ड स्टोर, बालाजु

५) सामुदायिक भवन, बालाजु

६) धर्म चक्र पार्क, स्वयम्भू

७) स्वयम्भू मार्ट

८) भाटभटेनी, कलंकी

९) कलंकी ट्र्रेड सेन्टर, कलंकी

१०) एस.  एन.  एस. , कलंकी

११) एन.  बि.  टि.  सि. , कलंकी

१२) नेपा व्याङ्क्वेट, खुशिँवु

१३) बिग मार्ट, कालधारा, पकनाजोल

१४) साल्ट ट्र्रेडिङ कर्पोरेसन, कालीमाटी

१५) काठमाडौँ मल, सुन्धारा

१६) सिभिल मल, सुन्धारा

१७) सिटिसि मल, सुन्धारा

१८) रञ्जना मल, नयाँ सडक

१९) विग मार्ट कम्प्लेक्स, अनामनगर

२०) एटि कम्प्लेक्स, न्यू प्लाजा

२१) भाटभटेनी, अनामनगर

२२) आइटी प्लाजा, कमलादी

२३) संकटा चोक, टेवहाल

२४) के.  एल.  टावर, चाबहिल

२५) वि एन्ड एसएम, बौद्ध

२६) भर्गो जापान, शंखमुल

२७) आइप्लेक्स, बानेश्वर

२८) एनबि सेन्टर, नयाँ बानेश्वर

२९) फोनिक्स टावर, बत्तीसपुतली

३०) चाबहिल फुटबल चौर, चाबहिल गणेश स्थान

३१) बिगमार्ट, शंखमुल

३२) बिबिएसएम, कोटेश्वर

३३) सिफल चौर, सिफल

३४) केटिएम पार्टी प्यालेस,

३५) निराकल कम्प्लेक्स, शंखमुल

३६) एसि कम्प्लेक्स, चाबहिल

३७) भाटभटेनी, कोटेश्वर

३८) भाटभटेनी, नक्साल

३९) विग मार्ग, बालुवाटार

४०) सेल्स बेरी, महाराजगञ्ज

४१) भाटभटेनी, महाराजगञ्ज

४२) कोइराला मार्ट, सामाखुशी

४३) विग मार्ट, सामाखुशी

४४) सिटी सेन्टर, कमलपोखरी

४५ )  ल्होत्से मल, बालाजु

४६) सासा ब्याङकेट सोह्र खुट्टे