अबदेखि साइकल चलाउँदै मोबाइल चलाए ६ महिना जेल
काठमाडौं – अबदेखि साइकल चलाउँदै मोबाइल चलाए ६ महिना जेल सजाय हुने भएको छ । जापानमा साइकल चलाउने बेला मोबाइल चलाए ६ महिनासम्म जेल सजाय हुने अन्तर्राष्ट्रिय संचार माध्ययमले जनाएका छन् ।
आज (शुक्रबार)देखि लागू भएको नयाँ कानुनमा साइकल चलाउने बेला मोबाइल प्रयोगको प्रतिबन्ध लगाएको हो। कानुन उल्लंघन गर्नेलाई एक लाख येन जरिवाना र ६ महिनासम्म जेल सजाय हुने प्रावधान ल्याइएको हो।
त्यस्तै मादक पदार्थ सेवन गरेर साइकल चलाए ३ वर्ष जेल र ५ लाख येन जरिवाना तिर्नुपर्नेछ।
कोरोना महामारीपछि जापानमा साइकल चलाउनेहरूको संख्या ह्वात्तै बढेको छ। जसका कारण साइकलबाट हुने दुर्घटना पनि बढेको छ। एक तथ्यांक अनुसार सन् २०२३ मा जापानमा ७२ हजारभन्दा बढी साइकल दुर्घटना भएको थियो। जुन यातायात दुर्घटनाको २० प्रतिशत हिस्सा हो।