रवि लामिछानेले दिए सहकारी पीडितको मनदुख्ने अभिव्यक्ति

आइतबार, २५ कार्तिक २०८१

काठमाडौं – सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा अनुसन्धानका लागि हिरासतमा रहेका पूर्वगृहमन्त्री एवम् राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले म्याद थपका लागि बहसका क्रममा सहकारी पिडितहरुको मन दुख्ने अभिव्यक्ति दिएका छन्।

जिल्ला अदालतमा कास्कीमा म्याद थपका लागि बहसका क्रममा उनले सहकारी पिडितहरुले आफ्नो बचत फिर्ताको माग गर्दै गरेको आन्दोलनलाई नक्कली भन्दै मन दुख्ने अभिव्यक्ति दिएका हुन्  ।

न्यायाधीश नवराज दाहालको इजलासमा आइतबार लामिछानेले बोलेका थिए । लामिछानेले आफूमाथि राजनीतिक प्रतिशोध साँधेको र सहकारीको रकम हिनामिनामा आफ्नो कुनै संलग्नता नरहेको विषय दोहोर्‍याएका थिए । उनले सहकारी पीडितहरूको आन्दोलन नक्कली भएको भन्दै केही व्यक्तिको स्वार्थमा आफूविरुद्ध आन्दोलन गरेको आरोप समेत लगाएएका थिए ।

आइतबारको बहसमा रविको तर्फबाट वरिष्ठ अधिवक्ता सुशील पन्त, मेघराज पोख्रेल, नारायण घिमिरेले बहस गरेका थिए । त्यस्तै, एउटै मुद्दामा पक्राउ परेका पूर्वडीआईजी छविलाल जोशी बञ्जाडेका तर्फबाट वरिष्ठ अधिवक्ता जगनाथ ढकाल र कृष्णबहादुर थापाले बहस गरेका थिए ।