नेप्सेको ओरालो यात्रा सुरु, आधा अर्ब बढीको कारोबार

बुधबार, २५ बैशाख २०७६

काठमाडौं –  नेप्से परिसूचक बुधबार करिब ४ अंकले घट्दा पुनः १३ सय अंक मुनी झरेको छ भने कारोबार रकम समेत खस्किएको छ । मंगलबार ७२ करोड ८८ लाख रुपैयाँको कारोबार भएको बजारमा २१ करोड ९१ लाख रुपैयाँले कारोबार रकम खस्किएको हो ।

नेप्से ३.६८ अंकले ओरालो लागेर १२९७.६० विन्दुमा झरेको छ । यस दिन १७५ कम्पनीको १९ लाख ७ हजार ७८३ कित्ता शेयर किनबेच भएर ५० करोड ७९ लाख रुपैयाँ बराबरको कारोबार भयो ।

बुधबार करोबारमा आएका ११ उपसमुह मध्ये अधिकाँसको सूचक ओरालो लाग्दा नेप्से नकारात्मक देखिएको हो ।

व्यापार, उत्पादन तथा प्रशोधन र अन्य समुहको सूचक बाहेक बाँकी सबै समुहको सूचक नकारात्मक देखिएका छन् । उत्पादन तथा प्रशोधन ६९.२२, अन्य ३.५८ र व्यापार समुहको सूचक २.७ अंकले सुधार आएको हो ।

यता होटल समुहको सूचक सबैभन्दा धेरै ३२।९९ अंकले नकारात्मक भए । यस्तै हाइड्रोपावर १७.२, निर्जीवन बीमा १४.६५, विकास बैंक ७.४१, वाणिज्य बैंक ५.८३, माइक्रोफाइनान्स ४.९५, फाइनान्स १.८१ र जीवन बीमा ०.१८ अंकले ओरालो लागेका छन् ।

बुधबार सिभिल बैंकको शेयर अधिक मात्रामा कारोबार भएको छ । सिभिल बैंकको मात्रै ५ करोड ५३ लाख रुपैयाँ बराबरको कारोबार भएको हो । यस्तै मेगा बैंकको ४ करोड ९६ लाख, शिव्म सिमेन्टको ४ करोड १२ लाख, नागरिक लगानी कोषको ३ करोड, एनसीसी बैंकको २ करोड २० लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।

यस दिन हिमालयन डिस्टिलरीको शेयरमूल्यमा सर्किट लागको छ । शेयरमूल्य १० प्रतिशतले बढेको कम्पनीको शेयर प्रतिकित्ता १८१५ रुपैयाँ अन्तिम कारोबार भएको छ ।

यस्तै नविल इक्वीटी फण्डको इकाईमूल्य र चौतारी लघुवित्तको शेयरमूल्य ४.११ प्रतिशतले बढेको छ भने सुर्योदय लघुवित्त, बोटलर्स नेपाल (तराई), युनाइटेड मोदी हाइड्रोपावर, ङादी ग्रुप पावर, मेगा बैंक र मिथिला लघुवित्तको शेयरधनीले ३ प्रतिशत भन्दा बढीले कमाएका छन् ।

यता मल्टिप्रपोज फाइनान्नको शेयरधनीहरुले सबै भन्दा धेरै ९.५५ प्रतिशतले गुमाएका छन् । तारागाँउ रेजेन्सी होटल, पाँचथर पावर कम्पनी, फष्र्ट माइक्रोफाइनान्सको शेयरमूल्य ४ प्रतिशत भन्दा बढीले बढेको छ ।

यस्तै सिन्धु विकास बैंक, अरुण काबेली, माहुली सामुदायिक लघुवित्त, रिडी हाइड्रोपावर, कालिका पावर, आइएमई जनरल इन्स्योरेन्सको शेयरधनीहरुले आजको कारोबारबाट ३ प्रतिशत भन्दा बढीले गुमाएका छन् ।