राष्ट्रपति भण्डारी बेलायती महारानी हुन : काँग्रेस सभापति देउवा

बुधबार, २५ बैशाख २०७६

काठमाडौं – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारले राष्ट्रपतिलाई बेलायतीको महारानी जस्तै बनाउन खोजेको आरोप लगाएका छन् ।

कांग्रेसको राष्ट्रिय जागरण अभियानको शुभारम्भ गर्दै उनले गणतन्त्र आएपछि नेपाल सरकार भन्ने चलन सुरु भइसकेको पनि अहिले तोडिएकोमा आपत्ति जनाए ।

उनले भने, ‘राष्ट्रपतिले मेरो सरकार भनिन् । यो भन्दा अगाडि अघिल्लो वर्ष मेरो सरकार भनेकी थिइनन् । रामवरण यादवले पनि मेरो सरकार भनेका थिए ? अहिले यिनलाई बेलायती महारानी जस्तो किन हुनु परेको ?’

उनले अघि भने, ‘हर मेजेस्टी भन्ने ? हर मेजेस्टिज विद्या भण्डारी गभर्मेन्ट भन्ने ?’