यतिसानो कुराको विवादमा जेठानीले चिरपट हानी देउरानीलाई पारिन् ठहरै
काठमाडौँ – जेठानीले चिरपट प्रहारगरि देउरानीलाई ठहरै पारेकी छिन्।
डिलासैनी गाउँपालिका–२ छेपट्टा डुङरी बस्ने २३ वर्षीया सुनिता बोहराको हत्या गरेको अभियोगमा उनकै जेठानी ३० वर्षीया दीपा बोहरालाई हिजो सोमबार राति प्रहरीले पक्राउ गरेको छ ।
घरायसी विवाद भई झैझगडा हुँदा दीपाले दाउराको चिरपट प्रहार गर्दा सुनिताको घटनास्थलमै मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी सिमारबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।