रविले रुपन्देहीमा देखाउन सकेनन् २ करोडको हिसाब
काठमाडौँ – पूर्वगृहमन्त्री एवं रास्वपा सभापति रवि लामिछानेको हिरासत बसाइँ लम्बिँदै गएको छ ।
रुपन्देहीको सुप्रिम सहकारीको रकम अपचलनको हिसाब रविका लागि पेचिलो बन्दै गएको छ । आफू निर्दोष देखिन फरकफरक बयान र विवरण दिन खोज्दा रवि फस्दै गएका हुन् ।
सूर्यदर्शन सहकारी ठगी प्रकरणको अनुसन्धानका लागि कात्तिक २ गते काठमाडौँबाट पक्राउ परेका लामिछानेलाई कास्की जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखेर अनुसन्धान अघि बढाइएको थियो । सूर्यदर्शन सहकारीको बयान सकिएपछि उनलाई मंगलबार रुपन्देही लगियो।
बयानका क्रममा उनले सुरुमा सुप्रिमबाट २ करोड रुपैयाँ लिने रवि लामिछाने आफू नभएको जवाफ दिएका थिए । उक्त ऋण जारी गर्दा उल्लेख गरिएको ठेगाना पनि आफ्नो नभएको उनको जिकिर थियो । तर उक्त रकम रवि सम्बद्ध खातामा जम्मा भएको कागजात प्रहरीले प्रस्तुत गरी प्रश्न सोध्न थालेपछि रवि अक्क न बक्क भएका छन् ।