चर्चित ओस्कार अवार्ड विजेता दम्पतिले विवाहको २९ बर्षपछि गरे डिभोर्स
काठमाडौँ – चर्चित ओस्कार विजेता संगीतकार एआर रहमान र उनकी श्रीमती सायरा बानोले सम्बन्धविच्छेदको घोषणा गरेका छन् । विवाहको २९ वर्षपछि दुवैले सम्बन्धविच्छेद गर्न लागेका हुन् ।
यो जोडीको विवाह भएको २९ वर्ष भइसकेको छ । अब उनका वकिलले आधिकारिक रुपमा सम्बन्धविच्छेदको पुष्टि गरेका छन् । यसले फ्यानहरुलाई पनि गहिरो धक्का दिएको छ । दुवैले भावनात्मक तनावका कारण यो निर्णय लिएको विज्ञप्तिमा उल्लेख छ ।
वकिलले विज्ञप्ति जारी गर्दै भनेका छन्,”विवाहको धेरै वर्षपछि श्रीमती सायराले पति एआर रहमानसँग अलग हुने कठिन निर्णय लिएकी छिन् । उनीहरुको सम्बन्धमा धेरै भावनात्मक तनाव आएपछि यो निर्णय आएको हो । उनीहरुको गहिरो प्रेमका बाबजुद दम्पतीले आफूबीचको तनाव र समस्याले दुरी बनाएको पाइएको छ, जसलाई अहिले कुनै पनि पक्षले हटाउन नसकेको साइराले दुःख र पीडाबाट बाहिर निस्केको बताइन् ।
सायराले आफ्नो जीवनको यो कठिन अवधिबाट गुज्रिरहेको यस चुनौतीपूर्ण समयमा जनतासँग गोपनीयता र समझदारीको अनुरोध गरेकी छन् ।”