१० वर्षमै जनतामाझ नेकपा सच्चा क्रान्तिकारी कम्युनिस्टको रुपमा स्थापित भयो: प्रवक्ता प्रकाण्ड

बुधबार, ५ मंसिर २०८१

काठमाडौँ –  नेपाल कम्युनिस्ट पार्टीका स्थायी समिती सदस्य तथा प्रवक्ता प्रकाण्ड सीले पार्टी पुनर्गठनको दश वर्षमा नेपाली कम्युनिस्ट इतिहासकै ठूलो उपलब्धि हासिल गरेको बताएका छन् । बुधबार मङ्सिर ८ गते पार्टी पुनर्गठन दिवसको अवसरमा काठमाडौंको भृकुटी मन्डपमा हुने विशाल जनसभाको तयारी र मोडालिटीबारे जानकारी दिन आयोजित विशेष पत्रकार सम्मेलनमा बोल्दै प्रवक्ता प्रकाण्डले यस्तो बताएका हुन् ।

उनले नेकपाले यो दस वर्षमा वि काश  गरेको नयाँ विचारले पार्टीलाई जनतामाझ सच्चा क्रान्तिकरी कम्युनिस्ट पार्टीको रुपमा स्थापित गरेको र त्यसको ज्वलन्त उदाहरण पार्टीले अघि सारेको नेपाली विशेसताको समाजवाद, सी सस्कृतिको विकाश र आत्मानिर्भर उत्पादन प्रणाली रहेको दावी गरे।

‘जनताको प्रतिनिधित्व गर्ने पार्टी नभए साम्राज्यवादी दलालहरुको उत्पीडन भोगिरहनु पर्छ’ उनले भने ,‘सायद नेपालमा नेपाल कम्युनिष्ट पार्टी नभएको भए एमसीसी र एसपीपीको जस्ता राष्ट्रघाती सम्झौताले देश नरहने अवस्था थियो, नेकपाले राष्ट्रिय स्वाधीनको पक्षमा र भ्रष्टाचार, कमिसन तथा दलालहरुका विरुद्ध निरन्तर संघर्ष गर्नु पर्यो ।’
प्रवक्ता प्रकाण्डले अध्यारो सुरुङभित्र पुगेको नेपालको कम्युनिष्ट क्रान्तिकारी आन्दोलनलाई मंसिर ८ गतेले तोडेको जिकिर गरे ।

उनले भने, ‘नेपालका पार्टीहरु जनताको प्रतिनिधित्व गर्ने पार्टी बन्न सकेनन्, माओवादी बन्ने प्रयासमा थियो त्यो पनि सकेन, अहिले विचार लाईन र दृष्किोणको हिसावले नेकपाले देश र जनतालाई प्रतिनिधित्व गरेको छ, नेपाली जनतालाई ठुलो आसा पैदा गराएको छ, ।’
उनले अबको २१ औं सताव्दी भनेको साम्राज्यवादी युगको अन्त्य र जनक्रान्तिको युगको सताब्दी हुने पनि ठोकुवा गरे ।

उनले जनताको प्रतिनिधित्व गर्ने राजनीतिक पार्टी नभएसम्म जनताले मुक्ति नपाउने पनि बताए ।मङ्सिर ८ को तयारी स्वरुप नेकपाले बिहिबार मोटरसाईकल र्याली, सुक्रबार साझ ५ :३०  बजे दिपावली र सनिबार दिउँसो विशाल जनसभा गरिने पत्रकार सम्मेलन मार्फ जानकारी दिएको छ।नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता प्रकाण्ड सीले आफुहरुले क्रान्तिकारी विचार दृष्टिकोणबाट पार्टी पूनर्गठन नगरेको भए नेपाली जनताको प्रतिनिधित्व गर्ने पार्टी नै नहुने अवस्था आएको दाबी गरेका छन् ।