११औँ पार्टी पुनरगठन दिवसको अवसरमा नेकपाद्वारा मोटरसाइकल र्याली

बिहिबार, ६ मंसिर २०८१

काठमाडौं – नेपाल कम्युनिस्ट पार्टीले पार्टी पुनरगठन दिवसको अवसरमा मोटसाइकल र्याली निकालेको छ । नेकपाले भक्तपुरको सल्लाघारीबाट निकालेको र्याली कोटेश्वर, बालकुमारी, ललितपुरको सातदोवाटो, जाउलाखेल पुलचोक, काठमाडौँको थापाथली त्रिपुरेश्वर, सुन्धारा हुँदै भृकुटीमण्डपमा पुगेर सम्पन्न भएको ।

आज विहान निकालिएको र्यालीको समापन गर्दै नेकपा पोलिटब्युरो सदस्य तथा काठमाडौँ जिल्ला इन्चार्ज माइला सीले र्यालीमा सहभागी सबैलाई धन्यवाद दिएका थिए । र्यालीमा नेकपा जिन्दावाद, वैज्ञानिक समाजवाद जिन्दावाद, एकीकृत जनक्रान्ति जिन्दावाद, दलाल पुँजीवाद मुर्दावाद, विप्लव आउ देश बचाउ लगायतका नारा लगाएका थिए ।

नेकपाले पार्टी पुनरगठन दिवसका अवसरमा भोली (मंसिर ७ गते) बेलुका दिपावली गर्ने भएको छ । साथै, पार्टी पुनरगठन भएको दिन मंसिर ८ गते काठमाडौँमा बृहत र्यालीसहितको आमसभा गर्ने भएको छ ।