ओलीका आमसभा कमाण्डर कम्बोडिया पुगेपछि…
काठमाडौँ – दुर्गा प्रसाईंले प्रधानमन्त्री केपी शर्मा ओलीको कम्बोडियामा अरवौं लगानी रहेको खुलासा गरेपछि धेरैको ध्यान तानेको छ । अझ एमाले नेता तथा प्रधानमन्त्रीका विश्वास पात्र राजन भट्टराई कम्बोडिया पुगेपछि सामाजिक सञ्जाल गर्माएको छ ।
सामाजिक संजालमा चर्को विरोध भएपछि आफूसँग गएका नेताहरुको नामावली सार्वजनिक गर्दै भट्टराईले स्पष्टिकरण दिएका छन् । एमालले शुक्रबार गर्ने आमसभाको कमाण्डरसमेत तोकिएका भट्टराई कम्बोडिया पुग्नुले थप शंका बढाएको छ ।
भट्टराईले कम्बोडिया आजबाट हुने आईक्यापको १२ औं अधिवेशनमा भाग लिन गएका १४ नेताको विवरण उनले सार्वजनिक गरेका हुन् । भाइरल मेडिकल व्यवसायी दुर्गा प्रसाईंले कम्बोडियामा प्रधानमन्त्री केपी शर्मा ओलीको अर्बौं लगानी रहेको दाबीसहित फेक डकुमेन्टसहित दुष्प्रचार गरेपछि उनी पक्राउ परिसकेका छन् ।
यही मेसोमा नेताहरू कम्बोडिया गएको भन्दै सामाजिक सञ्जालमा टिप्पणी भइरहँदा भट्टराईले धेरैले चासो लिएको भन्दै दल र नेताको विवरण देखाइदिएका हुन् । दुर्गा प्रसाईं प्रकरणसँग यो भ्रमणको लेनादेना छैन ।