बीआरआईका कारण सत्ता गठबन्धनमा खटपट आएपछि, ओली पनि देउवाकै लाइनमा

शुक्रबार, ७ मंसिर २०८१

काठमाडौं -प्रधानमन्त्री केपी शर्मा ओलीले चीन भ्रमणमा बीआरआई ऋणमा अघि बढाउनेबारे कुनै सहमति नगर्ने प्रतिबद्धता जनाएका छन् ।

आज साँझ बसेको मन्त्रिपरिषद् बैठकमा आफ्नो आसन्न चीन भ्रमणबारे ब्रिफ गर्ने क्रममा प्रधानमन्त्री ओलीले बीआरआई ऋणमा स्विकार गर्न नसकिने कुरा राखेको बैठकमा सहभागी उर्जामन्त्री दीपक खड्काले जानकारी दिए ।

नेपाली कांग्रेसले बीआरआई अनुदानमा भए स्विकार गर्नसकिने तर ऋणमा कुनैपनि हालतमा स्विकार गर्न नहुने अडान लिँदै आएको थियो । बिआरआई कै कारण केहि समयदेखि सत्ता गठबन्धनमा तिक्तता देखिएको थियो।

चीन भ्रमणबारे कांग्रेस नेतृत्वसँगको पटक पटकको छलफलपछि प्रधानमन्त्री ओली पनि आफ्नो चीन भ्रमणमा बीआरआई ऋणमा अघि बढाउन नसकिने निश्कर्षमा पुगेका हुन् ।