कांग्रेस एमालेको महागठबन्धनलाई मात खुवाउँदै पुथा उत्तरगंगामा अघि बढ्यो माओवादी
काठमाडौँ – नेपाली कांग्रेस र नेकपा एमालेको गठबन्धन रहेको रूकुम पूर्वको पुथा उत्तरगंगा गाउँपालिका उपाध्यक्षमा माओवादीले अग्रता लिइरहेको छ।
२०७९ मा माओवादी केन्द्रले उपाध्यक्ष जितेको पुथा उत्तरगंगामा अध्यक्ष र उपाध्यक्ष दुवै माओवादी केन्द्रले जितेको थियो। यहाँ उपनिर्वाचनमा एमालेका उम्मेदवार कांग्रेसको चुनाव चिह्न लिएर उठेकी छन्।
निर्वाचन आयोगले अद्यावधिक गरेको विवरण अनुसार माओवादी केन्द्रकी नरपुरा बुढा ८ सयभन्दा बढी मतान्तरले अग्रता लिइरहेकी छन्।
उनले १ हजार ८७८ मत ल्याउँदा गठबन्धनकी केशकुमारी तुलाचनले १०५८ मत ल्याएकी छन्।