दुई नाबालक छोरासहित आमाले लगाइन् घाँटीमा पासो

आइतबार, २३ मंसिर २०८१

नुवाकोट – दुई नाबालक छोराहरुसति एउटी आमाले घाँटीमा पासो लगाएकी छन् । नुवाकोटको किस्पाङको नुचेतमा आमासहित दुई नाबालक छोराहरुले घाँटीमा पासो लगाएका हुन् ।

उनीहरु तीनै जना एकै स्थानमा मृत फेला परेको प्रहरीले जनाएको छ । उनीहरु पासो लगाएको अवस्थामा मृत फेला परेका हुन् ।

किस्पाङ गाउँपालिका वडा–१ भाल्चेको नुचेतमा २३ वर्षीय चन्दीमाया तामाङ र उनका नाबालक छोराहरू ५ वर्षका रोशन र ३ वर्षका रोमन आज बिहान घरभित्र मृत अवस्थामा फेला परेका हुन् ।

प्रहरी टोलीले घटनास्थल पुगेर छानबिन गरिरहेको जनाएको छ ।