भरत बने सडकमा कचौरा थापेरै करोडपति
काठमाडौँ – एक भिखारी सडकमा मागरेरै करोडपति बनेका छन् । मुम्बईको सडकमा माग्दै हिड्ने भरत जैन नाम गरेका ती भिखारी मागेरै करोडपति बनेका हुन् ।
इकोनोमिक्स टाइम्सका अनुसार उनको कूल सम्पत्ति साढे सात करोड (भारु)भन्दा धेरै छ । मुम्बईमै उनले साढे एक करोड बराबरको दुईवटा फ्ल्याट किनेका छन् ।
एक फ्ल्याटमा उनी, उनकी श्रमती, बुबा, भाइ र दुई छोरा बस्छन् भने अर्को फ्ल्याट मासिक ३० हजार भाडामा दिएका छन् । सडकमै मागेर अन्य जागिर तथा पेशाभन्दा राम्रो आम्दानी गर्ने जैनले विभिन्न मिडियासँगको कुराकानीमा दैनिक दुई हजारदेखि तीन हजारसम्म कमाउने गरेको बताएका छन् ।
उनले भनेका छन्, ‘म दैनिक १० देखि १२ घण्टा सडकमै हुन्छु, मासिक ६० हजारदेखि ७५ हजारसम्म कमाइरहेको छु ।’
रोचक के छ भने, जैनले केही कर्मचारी राखेर अन्य व्यवसायमा पनि लगानी गरेका छन्, तर उनी भने सडकमै माग्न रमाउछन् । भन्छन्, ‘म अरुले के भन्छन् भन्ने विषयमा चिन्ता गर्दिन, यही काममा खुशी छु ।’