पूर्व प्रधानन्यायाधिस शुसिला कार्कीले गरिन् रवि लामिछानेको खुलेर समर्थन
काठमाडौँ – पूर्व प्रधानन्यायाधिस शुसिला कार्की रास्वापा सभापति रवि लामिछानेको पक्षमा खुलेर लागेकी छिन् ।
सत्ता शक्तिको आडमा मध्यराती सुतिरहेको मान्छेलाई बिना कारण चारतिर कुदाएर दुख दिएको भन्दै रविको पक्षमा खुले लागेकी हुन् ।
एक सार्वजनिक कार्यक्रममा बोल्दै कार्कीले एउटा मान्छेको मानव अधिकार हरण भैरहदा न्यायालयले मौनता साधेको देख्दा आफू अचम्मित भएको बताइन् ।
उनले भनिन्, “एकजना व्यक्तिलाई मध्यराति उठाएर कुदाएको छ अमानबिय व्यवहार गरेको छ। यस्तो अवस्थामा न्यायालय मौन नहुन पर्ने हो। सबै न्यायाधिस निरिह हुदैनन् भन्ने उदाहरण प्रसस्तै छन् तर अदालतको अनुमतिबिनै राज्यशक्ति एक व्यक्तिको लागि चरम दुरुपयोग भएको छ । एउटा मुद्धामा सबै अदालत पुर्याएको छ यो के गरेको।”