मोदीका पुर्व सुरक्षा गार्डले गरे एक महिनाभित्र ओली नेतृत्वको सरकार ढल्ने ठोकुवा

आइतबार, ३० मंसिर २०८१

काठमाडौँ – भारतीय प्रधानमन्त्रीका एकजना पूर्व निजी सुरक्षा अधिकारीले केपी ओली नेतृत्वको वर्तमान सरकार एक महिनाभित्र ढल्ने ठोकुवा गरेका छन् ।

प्रधानमन्त्री नरेन्द्र मोदीको एकताका सुरक्षा गार्ड (एनएसजी) रहिसकेका लक्की बिष्टले नेपालमा सरकार ढल्न लागेको ठोकुवा गरेका हुन् । अन्तर्राष्ट्रिय एजेन्सीको लागि काम गर्दा ‘सूचना’ सबैभन्दा महङ्गो हुने जनाउँदै उनले नेपालको सरकार छिट्टै ढल्न लागेको सूचना आफूसँग रहेको जिकिर गरेका छन्  ।

‘आज डिसेम्बर १२ तारिख हो,हाम्रो लागि महत्वपूर्ण विषय भनेको गुप्त सूचना हुन्छ’, नवभारत टाइम्ससँगको अन्तर्वार्तामा सनसनीपूर्ण खुलासा गर्दै बिष्टले भनेका छन्, तपाईंलाई आश्चर्य लाग्न सक्छ, तर म एउटा खुलासा गर्दिन्छु कि नेपालको सरकार ढल्नेवाला छ ।’

उनले आफ्नो दावीलाई नोट गरेर राख्न पटक-पटक आग्रहसमेत गरेका छन् । ‘१५ दिनदेखि एक महिनाभित्र नेपालको सरकार ढलेको समाचार पढ्न पाउनुहुनेछ,जुन सरकार तीनरचार महिनाअघि मात्र बनेको थियो । त्यतिबेला तपाईंलाई लक्की बिष्टले भनेको कुरा याद आउनेछ,यो कुरा नोट गरेर राख्नुभए हुन्छ’,बिष्टले दावाका साथ भनेका छन् ।