न्यायाधीशलाई रविले सोधे भावुक प्रश्न
काठमाडौँ – सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण कसुरमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले जिल्ला अदालत कास्कीका न्यायाधिसलाई भावुक प्रश्न सोधेका छन्।
मंगलबार म्याद थप गरेपछि रविलाई उनले केहि छ भनेर सोध्दा रविले म अहिलेसम्म हिरासतमा रहेँ, म हिरासतमा नबसेको भए कुन प्रमाण मैले नष्ट गर्ने थिएँ भन्ने थाहा पाउन सकिनँ श्रीमान् भनि भावुक प्रश्न गरेका हुन्।
म्याद थप बहसमा न्यायाधीश बेलबासेले केही भन्नु छ भनेर मुद्दाका प्रतिवादीहरूलाई समय दिएका थिए। बहसमा लामिछानेले छोटोु भन्दै आफ्नो कुरा राखेको इजलासमा उपस्थित एक कानुन व्यवसायीले बताए।
रविले यस्तो जिज्ञासा राखेपछि न्यायाधीश बेलबासेले त्यो पछि थाहा हुन्छु भनेर जबाफ दिएका थिए। इजलासमा मुस्कुराउँदै न्यायाधीश बेलबासेले, “तपाईंको त्यो अनुभव पछि काम लाग्न सक्छ, म्याद त थप्नै पर्ने भयो, थपिएको समयभित्र अभियोग पत्र आइपुग्नुपर्छ।”
जिल्ला सरकारी वकिलको कार्यालयले लामिछानेसहित ५ जनालाई हिरासतमा राख्न ४ दिन म्याद थप गर्न माग गरेको थियो।सहकारी पीडितका तर्फबाट बहस गरेका अधिवक्ता युवराज पराजुलीले दोषी कसैले पनि उन्मुक्ति पाउन नहुने बताए।