कुलमानले गरे महसुल नतिर्ने उद्योगीहरुको निद हराम हुने घोषणा
काठमाडौँ – बिद्दुत महसुल नतिर्ने उद्दोगहरुका लागि नेपाल बिद्दुत प्राधिकरणका प्रमुख कुलमान घिसिङले निद हराम हुने निर्णय गरेका छन्।
घिसिङले बिद्दुत महसुल नतिर्नेहरुलाई औपचारिक रुपमै औद्योगिक लोडसेडिङ घोषणा गरिदिएर निद हराम गरिदिएका हुन्।
सरकारले घिसिङलाई प्राधिकरणबाट हटाउन चाहिरहेका बेला उनले सुचना निकालेर गरेको यस्तो घोषणाले ठुलै तरंग फैलिएको छ ।
घिसिङले सूचना निकालेर औद्योगिक क्षेत्रमा साँझ ५ बजेदेखि ९ बजेसम्म विद्युत् कटौती थालेको जनाएका हुन्। हिउँदमा आन्तरिक उत्पादनले माग नधान्ने र भारतले साँझको समयमा आयात गर्न नदिएको प्राधिकरणको भनाइ छ। हिउँदमा खोला तथा नदीमा पानी घट्दा नदी प्रवाही जलविद्युत् आयोजनाहरूको उत्पादन क्षमता एक तिहाइ घट्ने गरेको छ । भारतबाट अहिले दैनिक ५० देखि १ सय मेगावाटसम्म बिजुली आयात भइरहेको छ।
४५६ मेगावाटको माथिल्लो तामाकोशीबाट उत्पादन बन्द हुँदा पनि विद्युत् व्यवस्थापनमा समस्या भइरहेको हो। गत असोज ११ र १२ को वर्षाले माथिल्लो तामाकोशीका संरचनामा क्षति पुर्याएको थियो।