पोखरेललाई डिआइजीको दर्ज्यानी चिन्ह, प्रहरी प्रवक्ताको जिम्मेवारी
काठमाडौँ – विश्वराज पोखरेलले आइतबार प्रहरी नायव महानिरीक्षक डिआइजीको दज्र्यानी चिन्ह लगाएका छन् ।
प्रहरी प्रधान कार्यालयमा आयोजित कार्यक्रममा प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले उनलाई फूली लगाइदिएका हुन् ।
गत साता बढुवा समितिले पोखरेललाई डिआजीमा बढुवा गर्ने निर्णय गरेको थियो । गृहमन्त्रालयले उक्त सिफारिस अनुमोदन गरेको थियो ।
उनलाई नेपाल प्रहरीकाे प्रवक्ताकाे समेत जिम्मेवारी दिइएकाे छ।