१० वर्षभन्दा पुराना मुवाइलमा ह्वाट्सएप र फेसबुक नचल्ने

मंगलबार, ९ पौस २०८१

काठमाडौं – तपाईं ह्वाट्सएप, फेसबुक चलाउनुहुन्छ रु चलाउनुहुन्छ भने ख्याल गर्नुहोस्, सन् २०२५ देखि केही मोबाइल फोनमा ह्वाट्सएप, फेसबुक र इन्स्टाग्राम नचल्ने हुँदै छ ।

आउँदो जनवरी १ देखि २० भन्दा बढी प्रकारका एन्ड्रोइड मोबाइल फोनमा ह्वाट्सएप र फेसबुक चल्ने छैन । ह्वाट्सएप र फेसबुकको मूल कम्पनी मेटाले आफ्ना एपको सुरक्षाका निम्ति भन्दै २० भन्दा बढी मोडलका एन्ड्रोइड र आईओस (आइफोन) मा ह्वाट्सएप, फेसबुक र इन्स्टाग्राम बन्द गर्न लागेको टाइम्स अफ इन्डियामा प्रकाशित समाचारमा उल्लेख छ।

यी मोबाइलमा चल्ने छैन ह्वाट्सएप, फेसबुक र इन्स्टाग्राम
१० वर्षभन्दा पुराना मोडलका सबै प्रकारका मोबाइल फोन (एन्ड्रोइड) र आईओसमा ह्वाट्सएप र फेसबुक चल्ने छैन । सामसङ : ग्यालेक्सी एस ३, ग्यालेक्सी नोट २, ग्यालेक्सी एसीई ३ र ग्यालेक्सी एस ४ मिनि ।
मोटोरोला : माटो जी (फस्ट जेन), राजर एचडी र मोटो ई २०१४ । एचटीसी: वान एक्स, वान एक्स प्लस, डिजाइर ५०० र डिजाइर ६०१ । एलजी : अप्टिमस जी, नेक्सस ४, जी २ मिनि र एल ९० ।सोनी : एक्सपेरिया जेड, एक्सपेरिया एसपी, एक्सपेरिया टी र एक्सपेरिया भी ।

एन्ड्रोइडको ४.१ (जेल बिन)भन्दा पहिलेका एन्ड्रोइड भर्सन रहेका सबै मोबाइल फोनमा फेसबुक, ह्वाट्सएप र इन्स्टाग्राम चल्ने छैन ।

यस्तै, आईओस १५.१ भन्दा पुराना आइओएस भर्सन भएका आइफोनमा पनि फेसबुक, ह्वाट्सएप र इन्स्टाग्राम चल्ने छैन । जस्तै, आइफोन ५ एस, आइफोन ६ र आइफोन ६ प्लसमा फेसबुक, ह्वाट्सएप र इन्स्टाग्राम चल्ने छैन ।  ।