अर्को नक्कली सुर्य बनाउँदै अमेरिका
काठमाडौँ- विश्वका धेरै देश अहिले ‘नक्कली सूर्य’ बनाउनमा व्यस्त छन् । यदि सबै योजना अनुसार चल्यो भने भर्जिनियाले २०३० को प्रारम्भमा विश्वको पहिलो ग्रिड स्केल आणविक फ्यूजन पावर प्लान्ट स्थापना गर्न सक्छ ।
यो प्लान्टले भविष्यको स्वच्छ उर्जाको उपयोग गरी बिजुली उत्पादन गर्नेछ । स्टार्टअप कमनवेल्थ फ्युजन सिस्टम्स (सीएफएस) ले मंगलबार यो घोषणा गर्यो । सीएफएस सबैभन्दा ठूलो र सबैभन्दा प्रसिद्ध परमाणु फ्यूजन कम्पनीहरूमध्ये एक हो । यसले भवन निर्माणमा अर्बौं डलर लगानी गर्दै आएको छ ।
सञ्चालनमा आएपछि प्लान्टले ग्रिडसँग जोडेर ४०० मेगावाट उत्पादन गर्न सक्नेछ । कम्पनीका सीईओ बब मुमगार्डका अनुसार यो करिब १५०,००० घरहरूलाई बिजुली दिन पर्याप्त हुनेछ ।
विश्वमा ग्रिड स्केलमा फ्युजन पावर उपलब्ध गराउने यो पहिलो पटक हुनेछ, “उनले भने। भर्जिनियाका गभर्नर ग्लेन यङकिनले यो घोषणालाई भर्जिनिया र विश्वका लागि ऐतिहासिक क्षण भनेका छन् । यो प्लान्टले आणविक फ्युजनको व्यावसायीकरण गर्ने क्रममा नयाँ चरणको प्रतिनिधित्व गर्नेछ। हाम्रो सूर्य जस्ता अन्य ताराहरूले परमाणु संलयनबाट मात्र शक्ति प्राप्त गर्छन् ।