पाँच जना यात्रु बोकेको हेलिकप्टरमा आकस्मिक चरा ठोक्किएपछि …

आइतबार, १४ पौस २०८१

काठमाडौँ – लुक्लाबाट काठमाडौं आउँदै गरेको हेलिकप्टरमा चरा ठोक्किँदा भक्तपुर र काभ्रेको सिमाना पर्ने साँगामा आकस्मिक अवतरण गरेको छ।

आइतबार बिहान सवा १० बजे हेलि एभरेष्टको ९ एन-एकेजी हेलिकप्टर लुक्लाबाट काठमाडौं आउँदै गर्दा चरा ठोक्किएको नेपाल नागरिक उड्डयन प्राधिकरणले जानकारी दिएको हो ।

प्राधिकरणका अनुसार ११ बजेर २ मिनेटमा नलिन्चोक भन्दा एक माइल पूर्वमा चरा सिसामा ठोक्किएको हो। चरा ठोक्किएपछि पाइलटले हेलिकप्टर साँगामा आकस्मिक अवतरण गराएको बुजिएको छ ।

हेलिकप्टरमा विदेशी पाइलट र पाँच जना यात्रु थिए। हेलिकप्टरको बाहिरी भागमा केही क्षति पुगेको हुनाले प्राविधिक टोलीले साँगा पुगेर जाँच गरिएको प्राधिकरण जनाएको छ ।