चन्द्रागिरी केबलकार बन्द

सोमबार, १५ पौस २०८१

काठमाडौं – चन्द्रागिरी हिल्सको केबलकारमा समस्या आएको छ । हाइड्रोलिकमा समस्या आएपछि केवलकार बन्द  भएको हो ।

हाइड्रोलिकमा समस्या आए पनि केबलकारमा कुनै यात्रु अड्किएका छैनन् । अहिले केबलकार मर्मत भइरहेको चन्द्रागिरी हिल्सले जनाएको छ ।

महानगरीय प्रहरी वृत्त थानकोटका अनुसार चन्द्रागिरी केबलकारमा समस्या आएपछि अहिले मर्मत भइरहेको बुजिएको छ  ।

‘केबलकारको हाइड्रोलिकमा समस्या आएपछि चन्द्रागिरी हिल्समा रहेका यात्रुलाई काठमाडौं ल्याउन २ बस र ५ साना गाडी गरी ७ वटा सवारीसाधन पठाइएको छ।