बहस चल्दैगर्दा रवि लामिछाने न्यायाधीशमाथि झम्टिएपछि …
काठमाडौँ – इजलासमा बहस चल्दैगर्दा रवि लामिछाने न्यायाधीशमाथि झम्टिएका छन् । कास्कीका सहकारी पीडित जाहेरकर्ताको तर्फबाट बहस गरिरहेका वरिष्ठ अधिवक्ता रामचन्द्र गौतमले पत्नी निकिता र ससुरा उद्धव पौडेलको प्रसंग निकालेपछि आक्रोशित हुँदै रविले अब्जेक्सन श्रीमान् भन्दै जंगिपछि केहीबेर बहस रोकिएको थियो ।
एकाएक माहोल तातेपछि न्यायाधीश नितिज राईले हस्तक्षेप गर्दै लामिछानेलाई सचेत गराएका थिए ।
एकाएक माहोल तातेपछि न्यायाधीश नितिज राईले हस्तक्षेप गर्दै लामिछानेलाई सचेत गराए- बहस सुन्ने धैर्यता हुनुपर्छ, तपाईंले अब पनि वीचमा डिस्टर्ब गर्नुभयो भने मैले अर्को निर्णय पनि गर्नुपर्ने हुनसक्छ १ु इजलासले बहसलाई निरन्तरता दिन भनेपछि अधिवक्ता गौतमले लामिछानेविरुद्धको अभियोग पुष्टि हुने आधार र कारणको लामो फेहरिस्त सुनाए ।
सूर्यदर्शन सहकारी संस्थाको रकम अपचलनसम्बन्धी मुद्दामा हिजो थुनछेक बहस चलिरहँदा इजलासमा यस्तो देखिएको हो । जिबी राई सन्चालक रहेको सूर्यदर्शन लगायत विभिन्न सहकारीबाट गोर्खा मिडिया नेटवर्क प्रालिमा गैरकानुनी तवरले पुर्याएको झण्डै ७५ करोड रकम उक्त कम्पनीको प्रवन्ध निर्देशकको हैसियतमा लामिछानेले एकलौटी परिचालन गरेका थिए ।
त्यसमध्ये निकिताको खातामा ३५ लाख र उनका बाबु तथा रविका ससुरा गोपीकृष्ण मुभिजका मालिक उद्धवको खातामा ५० लाख जम्मा गरेको अभियोग छ । अधिवक्ता गौतमले त्यसैमा केन्द्रित रहेर बहस गरेका थिए ।