पत्रकारलाई ज्यान मार्ने धम्की दिनेको हुलिया खुल्यो ? (धम्कि दिनुको कारण सहित)
काठमाण्डौ – एभिन्युज टेलिभिजनका पत्रकार शुशील पाण्डेलाई ज्यान मार्ने धम्की दिएको भनिएका व्यक्ति समाजवादी पार्टी नेपालका केन्द्रीय सदस्य विष्णुजंग बस्नेत भएको खुलेको छ ।
पत्रकार पाण्डेलाई बस्नेतको मोवाईल फोनबाट ज्यान मार्ने धम्की आएको समाचारहरु वाहिरिए पछि त्यसको आधिकारिकता बुझ्दा आफूले पाण्डेलाई मार्ने धम्की नदिएको बरु पाण्डेलेनै यस विषयमा मिडियाबाजी गरिरहेको आरोप लगाएका छन् ।
भाडावाला सरोकार समाजका अध्यक्ष समेत रहेका वस्नेतले विहान आठ बजे फोनमा कुरा गरेको स्विकारे । ‘दिउसो २ बजे भेट्ने कुरा थियो तर, १२ बजे मैले फोन गर्दा प्रेस काउन्सिल जा, भन्दै उल्टै थर्काउनु भयो, बस्नेतले भने, उहाँले पहिला मुख छाडेपछि तँ तँ सम्मचाहि चलेको हो पछी ज्यान मार्ने धम्की भन्दै समाचार छपाउनु भएछ म अचम्ममा परेको छु ।’
बस्नेतले आफूले त्यस्तो भनेको भए सोको रेकर्ड देखाउन समेत पाण्डेलाई चुनौती दिएका छन् ।