एन आई सी एशिया बैंकले यो पटक पनि लाभांश नदिने
काठमाडौँ – एन आई सी एशिया बैंकले यो पटक पनि लाभांश नदिने भएको छ । बैंकको पुस २९ गते सम्पन्न एन आई सी एशिया बैंक लिमिटेडको सञ्चालक समितिको ६९४औं बैंठक लाभांश नदिने निर्णय गरेको हो ।
बैंकको आर्थिक वर्ष २०८०/८१ को नाफा नोक्सान हिसाब, नगद प्रवाह विवरण लगायतका वित्तीय विवरणहरु माथि छलफल गरी स्वीकृत गर्नुका साथै सो को अन्तिम स्वीकृतिको लागि नेपाल राष्ट्र बैंक समक्ष पेश गर्ने निर्णयसमेत गरेको छ ।
बैठकले आ.व. २०८०/८१ मा कुनै पनि लाभांश वितरण नगर्ने निर्णय गर्नुका साथै नेपाल राष्ट्र बैंकबाट वित्तीय विवरण स्वीकृत भएपश्चात यथाशीघ्र बैंकको २७औं वार्षिक साधारण सभा गर्ने निर्णयसमेत गरेको बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत तथा प्रमुख सूचना अधिकारी अर्जुन राज खनियाले जानकारी दिए ।