वामदेवका कारण डरै डरमा माधव नेपाल
काठमाडौं – नेकपा एमालेबाट विभाजित भएर बनेको नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल यतिबेला डरै डरमा जकडिएको पाइएको छ । २०७८ भदौ २ गते माधव नेपालको नेतृत्वमा एमालेबाट छुट्टिएर बनेयताको ३ वर्षमा नेकपा एस निरन्तर डरै डरमा जकडिदै आएको छ ।
कहिले पार्टीका जिम्मेवार नेताको पलायन, कहिले पार्टी नै फुट्ने त कहिले भरोसा गरेकाप्रतिकै अविश्वासले अध्यक्ष नेपाल निरन्तर त्रसित बन्दै आएको नेकपा एसका नेताहरू बताउँछन् ।
पछिल्लो समय वामदेव गौतम नेकपा एसमा प्रवेश गर्ने गरी मिलिसकेको विषयको च्याप्टर क्लोज भएको घटनाबाट माधव नेपाल झनै नेपाल त्रसित बनेको नेताहरुले बताए ।
‘केही दिन अगाडिसम्म निरन्तर वार्ता गरेर वामदेव गौतम नेकपा एसमा आउने पक्का भएको थियो । उहाँ आफैंले उत्साही भएर अब माधव कमरेडसँगै जाने पनि बताउनुभयो,’ नेकपा एसका ती नेताले भने, ‘उत्साही वामदेवले नेपालसँग तपाईंको पार्टीका धेरैले मलाई असल अभिभावक मानेको पाएँ भन्दै सुनाएपछि नेपाल त्रशित भएको बुझिएको छ।
वामदेवले उत्साह जगाएर धेरै नेतारकार्यकर्ता ल्याउने आश्वासन नेपाललाई दिएका थिए । तर, वामदेवले मलाई अभिभावक ठान्ने ठूलो पंक्ति छ भनेपछि नेपालले उनको फोन नै उठाउन छाडेको नेताहरुको भनाई छ । यस घटनाले बाध्य भएर गौतम एमाले प्रवेशको तयारीमा पुगेको स्रोतको दाबी छ ।