नेपालको राजनीति विदेशतिर फर्कियो: विप्लव
काठमाडौँ – नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव सीले नेपालको राजनीति विदेशतिर फर्किएको बताएका छन् ।
आइतवार नेकपा केन्द्रिय समितिद्वारा काठमाडौँमा आयोजित कम्युनिस्ट क्रान्तिकारीहरु बिचको ध्रुवीकरण कार्यक्रमलाई सम्बोधन गर्दै उनले गणतन्त्र जनताको गणतन्त्र बन्न नसकेको र नेपालको राजनीति आन्दोलन र संघर्षका वेलासम्म जनतातर्फ फर्किए पनि नीति निर्माणका बेला जनतातिर नफर्किएर विदेशतिर फर्किएको बताएका हुन्।
नेपालको राजनीति आन्दोलन र संघर्षका वेलासम्म जनतातर्फ फर्किए पनि तर निर्माणका वेला जनतातिर नफर्किएको उनको बताए।
उनले भने‚ ‘देशको राजनीति विदेशतिर फर्किएका कारण आउने पुस्ता देश र आन्दोलनप्रति विश्वस्त हुन सकेका छैनन्। हाम्रो देश इतिहास देखि नै स्वाधीन र महान रहेको छ। साम्राज्यवादीको सयौं प्रलोभनका र अतिक्रमणका बिचामा पनि नियन्त्रणमा आफ्नो स्वाधिनता नगुमाएको र हाम्रा पुर्खाहरूले राष्ट्रप्रति देखाएको बलिदानीपूर्ण संघर्षले हाम्रो देश सधै महान छ। अब यसलाई आउँदै गरेको नया पुस्तालाई साथमा लिएर साथमा लिएर फेरि पनि महान् बनाऊँ।’
कार्यक्रममा उनले आफ्नो पार्टीका कुनै नेता तथा कार्यकर्तालाई घरमा खाने समस्या नरहेको दाबी गर्दै नेपालका मध्यमवर्ग, बुद्धिजीवी र व्यवसायीहरु सबै एकाकार भएर आत्मानिर्भर देश बनाउन अपिल समेत गरे। नेकपाले कृषि क्षेत्रमा आत्मनिर्भर हुन गरेको अथक मेहनतले आज नेकपाका कुनैपनि नेता कार्यकर्ता खानैका लागि कसैसंग हात फैलाउन जानुपर्ने अबस्थाको अन्त्य भएको उनको भनाइ थियो ।
उनले पार्टीको केन्द्रिय समिति बैठकले ०८४ को निर्वाचनलाई प्रयोग गर्ने निर्णय लिएसंगै बिभिन्न प्रश्न उठेका बेला निर्वाचन प्रयोग संसदीय व्यवस्थामा भासिन नभई समाजवादी अभियानको निम्ति प्रयोग गर्ने, राष्ट्रिय स्वाधीनताका लागि प्रयोग गर्ने बताए ।
उनले थपे, ‘मान्छेले भनेका छन् हामीलाई तपाईँहरू घुम्दै फिर्दै त्यहीँ आउनुभयो नि त । हो यो चुनाव हो । हाम्रो अपिल छ नेपाली जनतालाई संसदीय चुनावबाट समाजवादको यात्रा लड्ने हाम्रो चाहना छ । देशलाई स्वाधीन बनाउने एजेण्डासहित नेपाली जनतालाई माथि उठाउने उद्देश्यसहित एकैचोटीनिर्वाचन प्रयोग गर्ने सोचेका हौँ । नेकपालाई जनताले विश्वास गरे ०८४ को निर्वाचनमा बहुमत ल्याएर राष्ट्रिय स्वाधीनताका लागि काम गर्ने उनको भनाई थियो ।”
उनले नेपाली जनतालाई ०८४ को चुनावबाट समाजवादको यात्रामा लैजाने आफूहरूको चाहना रहेको बताए ।
कार्यक्रमा नेकपा एमाले निकट यातायात व्यवसायी सर्वोच्च महासंघका अध्यक्षबिष्णु सिवाकोटीसहित बिक्रम सापकोटा, प्रलाद कार्की, तोक बहादुर खड्का, अनिल सिटौला, किरण लामा, बिक्रम मण्डल, उद्धव पण्डित, सुसिला तामाङ्ग,राना तामाङ्ग,पुण्य प्रशाद बराल बिर बहादुर ढकाल परमात्मा शाही,जित बहादुर थापा, धन बहादुर तामाङ, उर्मिला प्रजापति, पुष्पराज पनेरु, कुमार रायमाझी, राजकुमार ठकुरी, बिशाल घिमिरे, राम कुमार श्रेष्ठ,छबि निरौला, बिर बहादुर मुक्तान, राजकुमार पुडासैनी, बिपिन ठकुरी, बिकाश मगर, सुक्र मगर, नारायण गुरुङ, हिरा बहादुर मगर, बिनोद बिमली लगायत चार दर्जन भन्दाबढी नेकपामा धुर्विकृत भएका थिए।
धुर्विकृत सबैलाई नेकपाका महासचिव विप्लवले खादा अबिर लगाएर स्वागत गर्दै आफ्नो पार्टीमा सबैले क्षामता अनुसारको जिम्मेवारी दिने प्रतिवद्दता जनाएका थिए। महासचिव विप्लवको अध्यक्षता तथा नेकपाका पोलिट ब्युरो सदस्य माईला सीको संचालनमा सम्पन्न कार्यक्रममा नेकपाका स्थायी समिति सदस्य शुशिल सी, पोलिट ब्युरो सदस्य, केन्द्रीय सदस्य तथा प्रतिनिधि समिति सदस्यका साथै सयौं नेता कार्यक्रताहरुको सहभागिता रहेको थियो।