परिषदको उपाध्यक्षमा भुसालको उम्मेदवारी, यस्ता छन् चुनावी एजेण्डा

सोमबार, १४ माघ २०८१

काठमाडौँँ – पशु स्वास्थ्य तथा पशु सेवा व्यवसायी परिषद्को प्रथम निर्वाचन आगामी माग १८ गते हुँदैछ । उक्त निर्वाचनमा पशु चिकित्सक लोकराज भुसालले उपाध्यक्ष पदका लागि उम्मेदवारी दिएका छन् ।

नेपालको श्रमिक र पेसागत आन्दोलनमा लामो समयदेखि सक्रिय भुसालले पेशाकर्मीहरूको हक, हित, सामाजिक सुरक्षा, क्षमता विकास र मर्यादित वातावरण सुनिश्चित गर्नका लागि उम्मेदवारी दिएका हुन् । पेसाकर्मीहरूको ३५ वर्षको प्रयासबाट संसदबाट पशु स्वास्थ्य तथा पशु सेवा व्यवसाय परिषद् ऐन ल्याउन महत्वपूर्ण भूमिका खेलेका भुसालले यसको प्रभावकारी कार्यान्वयनका लागि आफूले उम्मेदवारी दिएको बताएका छन् ।

पशुपन्छी तथा मत्स्य क्षेत्रको दिगो विकास र आर्थिक समृद्धिका लागि प्राविधिक क्षमता अभिवृद्धि गरी गुणस्तरीय र जवाफदेही सेवा प्रवाह गर्ने योजना अघि सार्ने उनको प्रतिबद्धता छ । नेपालका पशुपन्छी तथा मत्स्य क्षेत्रको समग्र विकासका लागि आफू पूर्ण रूपमा समर्पित रहने बताए ।

परिषदमा उपाध्यक्ष कार्यकारी भुमिका हुन्छ । देशभरका १३ हजार बढी पशु प्राविधिक तथा पशु चिकित्सकले नजिकको मतदान केन्द्रबाट मत जाहेर गर्न सक्ने बताइएको छ ।

यस्ता छन् चुनावी एजेण्डा

नेपालको श्रमिक एबं  पेशागत आन्दोलनमा आम पेशाकर्मीहरुको  पेशागत  हकहित, सामाजिक सुरक्षाको सुनिश्चितता, पेशागत क्षमता विकास, शैक्षिक स्तर उन्नतिका  लागि  आवस्यक मैत्रपुर्ण मर्यादित वातावरण श्रृजना गर्न, कृषि पशुपन्छि तथा मत्स्यस्य क्षेत्रको दिगो विकास एवम् राष्ट्रको आर्थिक सम्बृद्धिको आधारलाई साकार बनाउने महान उद्देश्यलाई प्राथमिकतामा राखेर समर्पित हुँदै निष्टापूर्वक संघर्ष र पैरवी गर्दै आएको सर्वबिधितै छ ।

यसै क्रममा पशुविकासको क्षेत्रमा संलग्न प्राबिधिक पेशाकर्मीहरुलाई संगठित गरि मर्यादितरुपमा सेवा प्रवाहमा परिचालन गर्ने समर्पित लक्षका साथ २०४७ असार महिनामा नेपाल पारा भेटेरिनरि एन्ड लाइभसटक एसोसियसन ९ ल्भ्ख्ीब्० नामको उचयाभककष्यलब ि ब्ककयअष्बतष्यल स्थापना गरि संस्थापकको भुमिकाका साथ फरक फरक भुमिका र जिम्मेवारिमा रहेर निरन्तर इमानदारी र निष्ठापूर्वक क्रियासिल नेतृत्व प्रदान गरिरहेको सर्व बिधितै छ। हामी पेशाकर्मीहरुको सामुहिक प्रयास र करिब ३५ बर्ष लामो संघर्षसिल योगदानबाट यस पेशामा संलग्न आम पेशाकर्मीहरुको पेशागत हक अधिकार र कर्तव्यसहितको निर्धारित परिभाषित कार्य जिम्मेवारीलाई गुणस्तरिय व्यवस्थापन र नियमन गर्न सरकारले गत २०७९ मा संसद बाट कानुन निर्माण गरि वैधानिक रुपमा पशु स्वास्थतथा पशु सेवा व्यवसायी परिषदको गठन एवम् संचालनमा ल्याएको । उक्त परिषदको क्रियासिलताका लागि नेपाल सरकारले गठन गरेको परिषदको तदर्थ समितिको सदस्यको जिम्मेवारिमा समेत रहेर आफुले गर्नु पर्ने भुमिका र उत्तरदायित्व प्रभावकारि रुपमा निर्बाह गरेको छु।

अहिले परिषदको  ऐन र नियमावली अनुसार हुन गै रहेको प्रथम ऐतिहासिक निर्वाचनमा  उपाध्यक्ष पदको लागि उम्मेदवारीसहित प्रस्तुत भएको छु । पेशाकर्मीहरुको  वैधानिक आस्था र भरोसाको केन्द्र परिषदको प्रस्तावनाको मर्म भावना, ध्यय भिजन, मिसन, उदेश्य र लक्ष्य कार्यजिमेवारी बमोजिमका नीति रणनीति, कार्यदिसा र कार्य योजना तथा कारयक्रमहरु तयार गरि  प्रभावकारी रुपमा निष्टा र इमान्दारिताका साथ परिषदमा आबद्ध र संलग्न पेशाकर्मीहरुको समयानाकुल प्राबिधिक र प्रबिधिमैत्री दक्षता क्षमता विकास गराउदै पेशागत मर्यादा उचो राख्ने गरि, नेपालको पशुपँछि तथा मत्स्यक्षेत्रको दिगो विकास र सम्बृद्धिको लागि आवस्यक व्यवस्थापन एवम् असल अभ्यासमा प्राबिधिक एवम् विशेषज्ञ सेवा प्रवाहलाई मर्यादित गुणस्तरिय र जवाफदेही  बनाउदै संगठित रुपमा सेवाप्रवाहलाई प्रभावकारी परिचालनको लागि सरोकारवाला सम्पूर्ण पक्षहरुबिच आपसी सहयोग, समन्वय, सहकार्य, सहअस्तित्को भावनालाई उच्च कदर र सम्मानका साथ स्थापित गरि  मैत्रिपुर्ण वातावरण श्रृजना गराउन प्रयत्नसिल रहने प्रतिबद्धता ब्यक्त गर्दै आगामि माघ १८ गते हुने परिषदको प्रथम ऐतिहासिक निर्वाचनमा उपाध्यक्ष पदमा  मलाइ यहाँहरुको अमूल्यमत दिनुको साथै विजयी हासिल गराउनको लागि आवस्यक भौतिक, नैतिक सहयोग समर्थन गरि सद्भावपूर्ण वातावरण श्रृजना गराइदिनुहुन हार्दिक अनुरोध गर्दछु ।

यहाँहरुले मेरो करिब ३५ बर्ष लामो इमानदारी र निष्ठापूर्ण  निरन्तर पेशागत संघर्षलाई ऋदयदेखिनै स्नेह पूर्ण सहयोग समर्थन गर्नुहुने छ भन्ने दृढ अटल विश्वास राखेको छु । भावि दिनहरुमा यहाँहरुको आस्था र बिश्वासको मालालाई टुट्न दिने छैन, बिचलित हुन दिने छैन, पशुसेवाको क्षेत्रको समग्र विकास र संबृद्धिको महान उद्देश्य पुरागर्ने यात्रामा यस परिषदका निर्धारित कार्य जिम्मेवारीहरुको प्रभावकारी कार्यन्वयनमा समर्पित रहने प्रतिबद्धता प्रकट गर्दछु ।   धन्यवाद । जय पशुधन !