यी हुन् दोस्रो पटक तताएर खान नहुने खानेकुरा
काठमाडौं – के तपाईँमा बारम्बार खाना तताएर खाने बानी छ ? व्यस्त जीवनशैलीका कारण खानेकुरालाई पुनः तताउँदा विषाक्त हुने अस्ट्रेलियाका डाइट विशेषज्ञ किम लिडेसले बताएका छन् । उनका अनुसार कुखुराको मासु, पालुङ्गो अथवा हरियो सागपात, अण्डा लगायतका खानेकुरा दोश्रो पटक तताउँदा विषधी हुने गर्छन् ।
हाम्रो घरका अभिभावकदेखि स्वास्थ्य विशेषज्ञसम्म ताजा खाना खाने सल्लाह दिँदै आएका छन् । वास्तवमा ताजा खानाले हामीलाई स्वस्थ राख्नुको साथै रोग लाग्नबाट पनि बचाउँछ ।
आलु:आलु सबैभन्दा लोकपिञ्य खानेकुरा हो । आलुलाई सबै प्रकारका तरकारीमा मिसाउने गरिन्छ । यसै पनि आलुमा धेरै किसिमका पोषक तत्व पाइन्छ, तर यसमा क्लोस्ट्रीडियम बोटुलिनम नामको ब्याक्टेरिया पनि हुने गर्छ, जुन पकाइसकेको आलुलाई पुनः तताउँदा उक्त ब्याक्टेरिया धेरै गुणा बढ्न सक्छ। पकाएको आलु कोठाको तापक्रममा राखेर फेरि तताउँदा यसमा ब्याक्टेरिया बढ्न सक्छ ।
कुखुराको मासु: कुखुराको मासुमा साल्मोनेला हुन्छ, जसलाई फेरि तताउँदा समस्या हुन सक्छ । कुखुराको मासु पुनः तताउँदा यसको प्रोटिन कम्पोजिशनमा परिवर्तन हुन्छ, जसले गर्दा पाचन प्रणालिमा समस्या उत्पन्न हुन्छ।
पालुङ्गो अथवा हरियो सागपात: पालुङ्गो अथवा हरियो सागपातमा धेरै मात्रामा आइरन पाइन्छ । यसमा नाइट्रेट पनि प्रशस्त मात्रामा पाइन्छ । जब यी कुराहरुलाई फेरि तताइन्छ, यी नाइट्रेटहरू नाइट्राइटमा परिणत हुन सक्छन्, जुन हानिकारक हुन्छ ।
अण्डा: एक पटक तताइसकेको अण्डा जब दोस्रो पटक तताइन्छ, तब अण्डामा रहेको हाई प्रोटिन कन्टेन्ट खराब हुन्छ र यसमा टक्सिक केमिकल उत्पन्न हुन्छ । अर्को पटक तताउँदामा अण्डाको टेक्सचर पनि रबर जस्तै हुन सक्छ ।