१९ वर्षमै सुब्बा बनेकी अनिताको मुख्यसचिव बन्ने लक्ष्य
काठमाडौँ – यी हुन् गुल्मीको धुर्कोट गाउँपालिका–६ की अनिता खवास । देशको मुख्यसचिव बन्ने योजनामा रहेकी खवास १९ वर्षको उमेरमै लोक सेवा आयोगको नायब सुब्बा बन्न सफल भएकी छिन् ।
सिन्धुपाल्चोकको पाँच पोखरी थाङपाल गाउँपालिकाको लेखापाल पदमा सिफारिस भएकी अनिताले मेहनत, धैर्यता र लगनशीलताले नै सफलता सम्भव हुने उल्लेख गरिन्।
खवासले १९ वर्षको उमेरमै लोक सेवा आयोगको नायब सुब्बा पदको परीक्षा पास गर्दै सिन्धुपाल्चोकको पाँच पोखरी थाङपाल गाउँपालिकामा लेखापाल पदमा सिफारिस भएकी छिन्।
हाल बुटवलको अक्सफोर्ड कलेजमा स्नातक दोस्रो वर्ष अध्ययनरत अनिता सरकारी जागिर पाएसँगै परिवार र समाजमा प्रेरणाको स्रोत बनेकी छन्।अनिताले आफ्नो लक्ष्य मुख्यसचिव बन्ने रहेको बताउँदै मेहनत, धैर्यता, र लगनशीलताले नै सफलता सम्भव हुने बताईन् ।