विदेशमा रहेका श्रीमानले विवाहको तिन वर्षपछि फोनबाटै डिभोर्स दिएपछि ….

बुधबार, १६ माघ २०८१

काठमाडौँ – विवाह दर्ता र नागरिकता बनाईदिन आग्रह गर्दा आलटाल गर्दैै आएका श्रीमानलाई नन्दले झुटो कुरा पुर्याएर  डिभोर्सको अवस्थामा पुर्याई दिएको एक पीडित महिलाले गुनासो गरेकी छिन ।

राजविराजमा मंगलवार पत्रकार सम्मेलनको आयोजना गरी सप्तरीको डाक्नेश्वरी नगरपालिका ७ ब्रह्मपुर सिघिंया टोल वस्ने २२ वर्षिया सनिजा खातुनले यस्तो गुनासो गरेकी हुन ।

उनले विवाहको तीन वर्ष हुन लाग्दा पनि श्रीमान मो. आकुवले विवाह दर्ता र नागरिकता नबनाई दिएको र सो बनाईदिन आग्रह गर्दा “किन हतार गरेको” भन्दै रिसाउने गरेको बताईन ।

हाल उनका श्रीमान आकुव रोजगारीका सिलसिलामा कतारमा छन । डेढ वर्षदेखी कतारमा रहेका श्रीमानलाई नन्द मरियम खातुनले मेरो ’दयगतमा झुटो कुरा लगाई भडकाएको र अन्त्यमा श्रीमानले ५ महिना अघि फोनबाटै डिभोर्स  गरेपछि आफु विच्चलीमा परेको उनले बताइएकी छिन ।

पछिल्लो मंसिर १९ गते राती आफु गाउँको एक बैवाहिक कार्यक्रममा सरिक हुन गएका वेला नन्द मरियमले कोठामा रहेको दराजबाट सुनको सिक्रि, टिका, नथुनी, अंगुठी गरी करिब ५ तोला र चाँदीको १० तोलाको विभिन्न गरगहना चोरी गरी लगेको आरोप समेत उनले लगाएकी छिन ।

आफु विरुद्ध नन्द मरियमले समय–समयमा झुटो कुरा लगाएर श्रीमानलाई भड्काउने र अन्त्यमा श्रीमानले फोनबाटै डिभोर्स दिदा आफु घर न घाटकी भएको उनको कथन छ ।

यस विषयमा आफुले नन्द मरियम विरुद्ध जिल्ला प्रहरी कार्यालयमा जाहेरी समेत दिएको उनले बताएकी छिन । जाहेरी मार्फत घरमा चोरी गर्ने तथा आफुलाई डिभोर्स सम्मको अवस्थामा पुर्याउनेमाथी कारवाही हुनु पर्ने उनले माग गरेकी छन ।

डेढ वर्षिय छोरा पैजान र ५८ वर्षिया आमा नजिरासंगै न्याय खोज्दै यहाँ आइपुगेकी सनिजाले विवाह भएपछि विवाह दर्ता र सन्तान जन्मेपछी जन्मदर्ता गराईदिन माग गर्नु स्वभाविक भए पनि श्रीमान र नन्दले यसलाई अपराध गरे जस्तै लिएको गुनासो गरिन ।